काँग्रेसले गठन गर्यो ३ हजार एक सदस्य निर्वाचन परिचालन समिती

  • बैशाख १४, २०७९
  • ३५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आसन्न स्थानिय तह निर्वाचनका लागि नेपाली काँग्रेस इटहरी उपमहागनर समितीले चुनावी अभिायनलाई तिव्रता दिन तिन हजार एक सदस्य निर्वाचन परिचालन मूल समिती गठन गरेको छ । नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि रोहित प्रसाईको संयोजकत्वमा मुल समिती गठन गरिएको हो । 

आज बसेको इटहरी उपमहानगर समितीले अन्य विभिन्न समितीहरु पनि गठन गरेको छ । निर्वाचनलाई प्रभावकारी ढंगबाट सञ्चालनका लागि विभिन्न समिती गठन गरी निर्वाचन अभियानलाई अगाडि बढाउने निर्णय गरिएको छ । आज गठन गरिएका समितीहरुमा चुनाव आर्थिक व्यवस्थापन समिती संयोजकमा भीम बहादुर पौडेल, चुनाव अनुगमन समिती संयोजक विकास केसी, सह संयोजक विजय के.सीलाई जिम्मेवारी तोकिएको छ । 

निर्वाचन तथा उम्मेद्धारको प्रचार प्रसारका लागि चुनाव प्रचार प्रसार समिती संयोजक शिवराज दाहाललाई जिम्मेवारी दिएको छ । यस्तै युवा तथा तरुण परिचालन समिती संयोजकमा विष्णु खत्री, विद्यार्थी परिचालन समिती संयोजकमा बुद्धहाङं लिम्बु, महिला परिचालन समिती संयोजकमा विमला शिवाकोटी ढकाललाई जिम्मेवारी दिईएको छ । 

यस्तै नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र २ “क” अनुगमन समिती संयोजक शुवेच्छुक देवान राई, प्रदेश निर्वाचन क्षेत्र ३ “क” अनुगमन समिती संयोजक दिपक ढकालको संयोजकत्वमा समिती गठन गरिएको छ । 

विभिन्न समुहगत र क्षेत्रलाई समेट्ने गरी अन्य समितीहरु पनि निर्माण गरिएका छन् । जसअन्र्तगत जेष्ठ राजनितिज्ञ समन्वय समिती संयोजक फूलराज सुवेदी, आदिवासी जनजाति समिती संयोजक कालुराम राई (गोपाल), दलित समन्वय समिती संयोजक गजेन्द्र खाती, नागरिक समाज समन्वय समिती संयोजक राजेश श्रेष्ठ, मतदाता शिक्षा समन्वय समिती संयोजक कृष्णकला राई र सामाजिक संघ संस्था समन्वय समिती संयोजक इश्वरी पराजुली रहेको समिती पनि गठन गरिएको छ । 

बैशाख ३० गते हुने निर्वाचनका लागि सबै समितीहरु मार्फत चुनावी अभियान तिव्रताका साथ सञ्चालन गर्ने नेपाली काँग्रेस उपमहानगरका सचिव विक्रम घिमिरेले जानकारी दिए । उम्मेद्धार सहितको घरदैलो अभियान पनि सुरु गरिएको उनले जानकारी दिए । यस अघि नेपाली काँग्रेसले गठन गरेको विभिन्न वडा अन्तर्गतका टोल समितीहरु पनि यस अघि नै परिचालन भई प्रचार प्रसार तथा मतदाता शिक्षा प्रदान कार्यमा खटिएको सचिव घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved