नेपाली काँग्रेस : इटहरीमा चुनावी प्रचार प्रसार अभियान सुरु

  • बैशाख १४, २०७९
  • ३६७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नजिकी रहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै राजनैतिक दलहरुले चुनाव प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन्। यसै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले चुनाव केन्द्रीत भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुसंग छलफल बैठक गरी प्रचारप्रसार अभियान सुरु गरेको छ ।

आफ्ना उमेदवारहरुलाई विजयी गराउन नेपाली काँग्रेस इटहरीले भातृ तथा शुभेच्छुक संठगनहरु कहाँ परिचालन गर्ने विषय केन्द्रीत छलफल आयोजना गरेको हो ।

छलफल तथा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना लगायतका नेताहरुले काँग्रेसका उमेदवारहरुलाई विजयी वनाउन भातृ तथा शुभेच्छुक संगठनहरु समेत सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ समितिका सदस्य सिजन गुरुङ, इटहरी उपमहानगरपालिकाका प्रमुख पदका उमेदवार हेमकर्ण पौडेल, प्रमुख पदका आकाँक्षी भिम पौडेल लगायतले काँग्रेसलाई जिताउन आग्रह गरे ।

विगत देखि नै नेकपा एमालेले जित्दै आएको इटहरी उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा २० वटा मध्ये नेपाली काँग्रेसका उमेदवारहरुले १२ वडामा विजय हासिल गरेका थिए भने नगरप्रमुख र उपप्रमुख सहित एमालेले ८ वटा मात्र वडा जितेको थियो ।

यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले गठवन्धनको तर्फबाट प्रमुख र नेकपा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखमा केशवकुमार विष्ट उमेदवार रहेका छन् । उपप्रमुखका उमेदवार विष्टलाई तत्कालिन नेकपा नेतृत्वको ओली सरकारको पालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव बनाएको थियो । सो समयमा प्रदेश नम्बर १ कै पहिचानका रुपमा इटहरी रंगशाला वनाउन विष्टले महत्वपुर्ण योगदान पुर्याएका थिए ।

एमाले विभाजित भएको अवस्थामा हुने निर्वाचनलाई अर्थ पुर्ण रुपमा लिइएको छ । यद्यपी इटहरी उपमहानगरपालिकामा यस पटक पनि नेपाली काँग्रेस नेतृत्वको गठवन्धन र एमाले विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । इटहरीमा हाल एक लाख ४ हजार ६ सय २६ मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved