बरहापोखरी गाउँपालिकाद्वारा पार्टी प्रवेश तथा सम्मन कार्यक्रमको आयोजना

  • बैशाख १०, २०७९
  • ४१४ पटक पढिएको
  • न्यू पाटी
alt

खोटाङ : नजिकीरहेको स्थानीय तह निर्वाचन केन्द्रीत भएर नेकपा एमाले बराहापोखरी गाउँपालिकाले पार्टी प्रवेश तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।   

नेकपा एमालेको ७४औं स्थापना दिवसको अवसरमा एमाले बराहापोखरी गाउँपालिकाले लामो समय देखि पार्टीमा योगदान गर्दै आएका तीन जना अग्रजहरुलाई सम्मान सहित नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएको हो । 

 नेकपा एमालेका पोलिट ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस खोटाङका कोषाध्यक्ष जीवनकुमार राई सहित दुई सय एक जना एमालेमा प्रवेश गरे । कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै पोलिट ब्युरो सदस्य भट्टराईले पाँच दलिय गठवन्धनलाई परास्त गर्न एमाले गाउँगाउँ प्रवेश गरिसकेको वताए ।  received_675398257087120 लामो समय देखि पार्टीको संगठन विस्तारसंगै पार्टीका लागि महत्वपुर्ण योगदान पुर्याउदै आएका अग्रज गणेश कोइराला, देवी रेग्मी र डुण्डबहादुर मगरलाई प्रमुख अतिथी भट्टराईले सम्मान गरेका थिए । received_722090772558476

 कार्यक्रममा एमाले नेत्री तथा प्रदेश नम्वर १ की पुर्व सामाजिक विकास मन्त्री उषाकला राई, खोटाङ जिल्ला एमाले अध्यक्ष राम दङ्गाल, नेकपा एमाले बराहपोखरीका अध्यक्ष दीर्घ मगर, स्थानीयन एमाले नेत्री तथा बराहपोखरी गाउँपालिका उपाध्यक्ष गोमा मगर र युवा संघका केन्द्रिय सदस्य निश्चल खड्का लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved