एल आइ सि द्वारा बीमा दाबी रकमको चेक हस्तान्तरण

  • बैशाख ५, २०७९
  • ७१५ पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : एल आइ सि नेपाल धरान शाखाले बराहक्षेत्र न. पा. वडा नं. २ का बिमित स्वर्गीय श्री उज्ज्वल लुइँटेलकी आमा सरला लुइँटेललाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

लाइफ ईन्स्योरेन्स कर्पोरेशन लिमिटेडमा सन् २०१७ मा रू. २ लाखको बिमा गरेका स्वर्गीय लुइँटेलको २०७८ माघ २६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो । 

IMG_20220418_215214

स्वर्गीय लुइँटेलले गरेको बिमाङ्क रकम र बोनस रु. २ लाख ७३ हजार ४ सय र दुर्घटना लाभ रु. २ लाख गरी जम्मा रकम रु.  ४ लाख ७३ हजार ४ सय को चेक आज जनप्रतिनिधि टेक बहादुर राई र धरान शाखाका प्रमुख श्री बिकास थापा ज्यु बाट आमा सरला लुइँटेललाई हस्तान्तरण गरिएको हो ।   

बिमित जीबितै रहँदा पाउने रकमले आर्थिक रुपले झन समृद्ध बनाउने तथा दुर्भाग्यवश मृत्यु भएमा आश्रितलाई आर्थिक सुरक्षा प्रदान हुने हुँदा जो कोहीले पनि जीवन बीमा गराउनु राम्रो हुने एल आइ सि धरान शाखाका प्रमुख श्री बिकास थापाले बताउनुभयो ।

received_366561918715496

उक्त कार्यक्रममा चतरा अस्पतालका मेनेजिङ्ग डाइरेक्टर डा. अनिल गिरी, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीका ब्यवस्थापक श्री बाबुराम खत्री लगायत स्थानिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved