१० करोड घाटा भएपछि बुद्ध एयरले गर्‍याे कोलकाता उडान बन्द

  • मंसिर १७, २०७६
  • १०७ पटक पढिएको
  • न्यू पाटी
alt

निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी मानिने बुद्ध एयरले नाफा नभएपपछि काठमाडौंबाट दक्षिण एसियाली महानगर जोड्ने अभियानअन्तर्गत थालेको काठमाडौं–कोलकाता-काठमाडौं उडान बन्द गरेको छ।

६ महिनाअघि सातामा तीन दिनबाट थालिएको बुद्धको काठमाडौं–कोलकाता–काठमाडौं उडान सोमबार अन्तिम थियो।

‘यात्रु जेनरेट भएन,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने, ‘जेट विमानबाट अन्तर्राष्ट्रिय उडान जानकालागि हामीले हामीले कोलकत्ताकालागि गरेको उडान परिक्षण उडान थियो। यो उडाननै घाटामा गएकाले बुद्धले कोलकत्ता उडान बन्द गरेको छ।’

उनले यसै उडानको अनुभवकै आधारमा आगमी दिनमा पोखराबाट जेट विमानमार्फत भारत लगायत एसियाली महानगरमा उडान गर्ने योजना पनि स्थगन भएको बताए। यो खबर आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

बुद्धले ६ महिना काठमाडौं–कोलकाता–काठमाडौं उडान गर्दा १० करोड घाटा बेहोरेको जनाएको छ। ‘साढे ७ करोड हाराहारी अपरेसन घाटा र साढे २ करोड हाराहारी मार्केटिङ खर्च गरी १० करोड हाराहारी घाटा बेहोर्‍यौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने।

सुरुमा सातामा तीन दिन मात्रै उडान थालेको यस एयरलायन्सले पछिल्लो एक महिना सातामा दुई ओटा मात्रै उडान गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved