शुभलाभ बचत तथा ऋण सहकारीले थाल्यो मोबाईल बैंकिङ सेवा

  • बैशाख ३, २०७९
  • ६१३ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ ।

मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा प्रारम्भ समेत रहेको समावेश गरेको हो ।

सहकारीलाई प्रविधिमैत्री वनाउने उद्धेश्यले शुभलाभ बचत तथा ऋण सहकारीले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौ र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।IMG_20220416_111601

मोवाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा रकम ट्रान्सफर गर्न सकिने सहकारीबाट बैकमा रकम ट्रान्सफर गर्न सकिने खल्ती , इसेवा, प्रभु पे ,क्युआर ,विद्युत महशुल भुक्तानी ,हवाई टिकट बुकिङ्ग गर्न सकिने सो अवसरमा सहकारीका उपाध्यक्ष दिपक थापाले जानकारी दिए । सहकारीका अध्यक्ष किरण पराजुलीको अध्यक्षतामा भएको पदस्थापना लगायतका कार्यक्रममा सहकारीको नया कार्यसमितिको पदस्थापना समेत गरिएको थियो ।

हालै सम्पन्न भएको सहकारीको साधारण सभाले दिपक पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपक थापा रहेका छन भने सदस्यहरुमा स्वागत श्रेष्ठ ,उमानाथ दाहाल ,रुपनायण भट्टराई , पवित्रा कुमारी घिमीरे निरौला र पवित्रा शर्मा घिमीरे चयन भएका थिए ।

 त्यसै गरी दुई दिने योग शिविरको समापन कार्यक्रम पनि सम्पन्न गरियो । दुई दिने योग तालिममा योग प्रशिक्षक गंगा ढकालले प्रशिक्षण गरेका थिए ।

सहकारीका सदस्यहरुलाई सहकारी तथा सामाजिक जीवन जिउने विषयमा भेषराज न्यौपानेको सहजिकरणमा मोटिभेसन तालिम समेत सञ्चालन गरिएको थियो । पदस्थापना सहित बैकिङ्ग सेवा शुभाराम्भ , योग शिविर र मोटिभेसन तालिम समापन कार्यक्रमका अवसरमा अध्यक्ष दिपक पोखरेलले २०६५सालमा स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारीमा हाल एक हजार ७सय सदस्य र आफनै दुइ तले भवनका कारोवार सञ्चालन भई रहेको जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved