इटहरीको पर्यटन प्रवर्द्धनमा युवाहरुको दायित्व ,सम्भावना र चुनौती बिषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न

  • चैत्र २८, २०७८
  • ६२४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरीलाई आधार बनाएर पयर्टन प्रवद्र्धनमा जोड दिने उद्धेश्यले इटहरीको पयर्टन प्रवद्र्धनमा युवाहरुको दायित्व सम्भावना र चुनौती विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । क्लीन नेपाल इटहरी नामक संस्थाको आयोजनामा सरोकारवालाहरुसंग अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरसंवाद कार्यक्रममा पयर्टन व्यवसायी बासुदेव बरालले इटहरीको पर्यटनमा युवाहरुको दायित्व सम्भावना र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बरालको कार्यपत्र माथि कृष्ण भट्टराईले टिप्पणी गरेका थिए । अन्तरसंवाद कार्यक्रमका वक्ता अतिथीहरुले इटहरीलाई केन्द्र वनाएर प्रदेश नम्बर १का धार्मिक , प्राकृतिक , हिमश्रृंखला लगायतका क्षेत्रको अवलोकन गर्न लैजाने प्याकेजको व्यवस्था पयर्टन व्यवसायीहरुले गर्न सके इटहरी मात्र नभएर प्रदेश नम्बर १को पयर्टन प्रवद्र्धनका क्षेत्रमा महत्वपुर्ण योगदान पुग्न सक्ने वताए ।

कार्यक्रममा पत्रकार विराट अनुमप नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, तालतलैया संरक्षण तथा विकास समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाल लगायतले इटहरीसंग जोडिएको पयर्टन प्रवद्र्धनका विषयमा चर्चा गरेका थिए । इटहरी उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा आयोजक संस्थाकी सुभद्रा प्याकुरेलले इटहरीलाई पयर्टन प्रवद्र्धनका क्षेत्र पनि प्रदेश नम्बर १कै महत्वपुर्ण सहरका रुपका विकास गर्न सकियोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराईन ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved