नासा सेवा केन्द्रको सेवा अब देवानगंजमा पनि

  • चैत्र २८, २०७८
  • ५८१ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : नासा ईन्भेष्टमेन्ट प्रा.लि.केन्द्र बिराटनगरको लगानीमा सुनसरीको देवानगंजमा नासा सेवा केन्द्र साखा को बिस्तार गरेको छ । साखा बिस्तरा गर्ने क्रममा सनिबार साझ एक भब्य तथा सांस्कृतिक कार्यक्रमका बीच समुदघाटन गर्दे शैक्षिक क्षेत्रलाई आधुनिकीकरण, व्यावसायी र प्राविधिकीकरण गर्ने सारथीको रूपमा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय तथा सेवा केन्द्रको रुपमा सुनसरीको देवानगंजमा आफ्नो तेस्रो शाखा बिस्तार गरिएको संस्थाका सस्थापक अध्यक्ष एबम प्रमुख कार्यकारी अधिकृत अरबिन्द मेहताले जानकारी दिनुभएको छ । उहाँका अनुसार नासा ईन्भेस्टमेन्टको सेवा केन्द्र इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी भाषा, कोरियन भाषा, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुने जानकारी दिनुभयो । बिशेषगरि युवाहरुलाई लक्षित गरि कक्षाहरु भौतिक र अनलाइन दुवै माध्यमबाट पढाइ हुने पनि मेहताले बताउनु भयो । यस्तै, कक्षा ८, ९, १०,१२ तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स गर्नुका साथै संसारको जुनसुकै ठाउंबाट पैसा पाउन र पठाउन आइएमइ, इसेवा, आइएमइ पे, प्रभु पे लगायत सेवाहरू लिन सकिने पनि उहालृ उद्धघाटन समारोहमा जानकारी दिनुभयो । यसैगरी, अनलाइन फारामहरु भर्नुका साथै सम्पुर्ण कार्यहरु गरिने छ त्यस्तै शेयर बजार सम्बन्धी ज्ञानमुलक छलफलहरु समेत चलाईने साथै एकै छानामुनि फोटोकपी, स्कानिक, पिडिएफ, फोटो, प्रिन्ट निमन्त्रणा कार्ड, बर्ड डे कार्ड, श्राद्ध कार्ड, विवाह कार्ड समेत बनाइने छ ।IMG_0685

कम्पनी,संघसंस्था, ट्रस्ट, फाउन्डेशन दतां–खारेज सम्बन्धी सम्पूर्ण कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी सम्पुर्ण कार्यकार्यहरु गरिने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको सम्पुर्ण कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट बस टिकट, बिजुली बिललगायत अनलाईन भुक्तानीका सम्पुर्ण कार्यहरु गरिने समेत मेहताको भनाई छ । त्यसैगरि नासा सेवा केन्द्रले बिद्यार्थीहरुको हक हितका योजना सार्वजनिक गरेको र बिद्यालयमा बिगत ६ महिना देखि सहकार्य गरेर लोकसेवा सम्बन्धि प्रशिक्षण गराइ बिद्यार्थीलाई नि शुल्क पुस्तक बितरण गरेको देवानगंज गा.पा.न्यायिक समिति सदस्य तथा श्री मा.वि.का पूर्व प्र.अ.रामेश्वर मेहेताले जानकारी दिनुभयो । आगामिदिनमा पनि नासा संग सहकार्य गर्ने प्र.अ. मेहेताले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved