माता पाथीभरा लिला सेवा फाउन्डेसन द्वारा नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्बुलेन्स हस्तान्तरण

  • चैत्र २८, २०७८
  • ३८८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  विरामीहरुलाई सहज रुपमा समयमै अस्पताल पुर्याउन सकियोस भनेर माता पाथिभरा लिला सेवा फाउण्डेशनले नेपाल रेडक्रस सोसाइटी तरहरालाई एम्वुलेन्स हस्तान्तरण गरेको छ ।

माता पाथिभरा लिला सेवा फाउण्डेशनका तर्फ उद्योगी व्यवसायी भिमबहादुर पौडेल र विनोद पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई कर बाहेकको १८ लाख मुल्य बराबरको एम्वुलेन्स हस्तान्तरण गरिएको हो ।

एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तरहराका सभापति चन्द्रकुमार गिरीलाई प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना , माता पाथिभरा लिला सेवा फाउण्डेशनका भिमबहादुर पौडेलले र विनोद पौडेलले संयुक्त रुपमा हस्तान्तरण गरे हुन ।

एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै माता पाथिभरा लिला सेवा फाउण्डेशनका भिमबहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटी तरहरालाई दुई वर्ष अघि नै एम्वुलेन्स उपलव्ध गराउने भनेको भएपनि कोभिड र अन्य कारणले समयमै एम्वुलेन्स ल्याउन नसकिएकाले ढिलो भएको जानकारी गराए । उनले आफु व्यापार व्यवसाय गर्ने मान्छे भएको र व्यापार व्यवसायबाट भएको आम्दानीको केही भाग सामाजिक कार्यमा खर्च गर्ने गरेको समेत वताए ।

एम्वुलेन्स हस्तान्तरण गर्ने पौडेललाई पञ्चे बाजा सहित फूलमाला गरेर नगर परिक्रमा सहित अभिनन्दन गरियो । एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी अध्यक्ष उमेश थापा , इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणी राम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल , नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्रका सभापति रविन घिमिरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved