नासाको दोस्रो सेवा केन्द्र इनरुवामा

  • चैत्र २६, २०७८
  • ६५६ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : कुनैपनि संस्थामा बिबिधि करण गरेर लगानी गरे प्रतिफल राम्रै दिने नेप्सेका पुर्ब प्रमुख कार्यकारी अधिकृत चन्द सिंह साउदले बताउनुभएको छ ।

नासा ईन्भेष्टमेन्ट प्रा।लि।केन्द्रीय बिराटनगरको लगानीमा सुनसरीको ईनरुवामा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको हेड कार्यलय तथा नासा सेवा केन्द्र ईनरुवाको शुक्रबार साझ एक भब्य तथा सांस्कृतिक कार्यक्रमका बीच समुदघाटन गर्दे साउदले उक्त कुरा बताउनुभएको हो ।

हामी आर्थिक उपार्जनका लागी कृषि क्षेत्रमा विभिन्न सुविधा पाउन सक्छौं कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति लियाउनु पर्छ अनि मात्र आर्थिक क्रान्ति हुनसक्छ नत्र आर्थिक क्रान्तिको सम्भव छैन । विकास समृद्धिका लागि हाम्रो मान्छे राम्रो मान्छे होइन राम्रो मान्छे हाम्रो मान्छेलाई रोज्नु पर्ने कुरामा साउदले जोड दिनुभयो । साउदले नेप्सेमा रहेका २ सय २५ बटा बिभिन्न संस्थाहरु भित्र बिभिन्न बिबिधिकरण रहेको बताउदै क्यापीटल गेनको लागी लगानी गर्न पनि सुझाव दिनुभएको छ received_659382332008915

साउदले लगानी लगाउदा प्रतिफल लिन कम्तीमा पनि ३ देखी ५ बर्ष पर्खिनुपर्ने आग्रह समेत गर्नुभयो । उनले आज भन्दा २० बर्ष अगाडीेको पुजीँ बजार जमिन आकाशको फरक भएको पनि स्मरण गराउनुभएको थियो । एक अर्का प्रसंगमा साउदले नासाका सफलताको शुभकामना ब्यक्त गर्दे समाजका लागी योगदान पु¥याउन उत्तरदायित्व आग्रह गर्नुभएको छ । 

सोही कार्यक्रममा शैक्षिक क्षेत्रलाई आधुनिकी, व्यावसायी र प्राविधिकीकरण गर्ने सारथीको रूपमा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय तथा सेवा केन्द्र कार्यालय सुनसरीको सदरमुकाम इनरुवा–४ मा सञ्चालनमा आएको संस्थाका सस्थापक अध्यक्ष एबम प्रमुख कार्यकारी अधिकृत अरबिन्द मेहताले जानकारी दिएका छन । 

उनका अनुसार नासा ईन्भेस्टमेन्टको सेवा केन्द्र इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी भाषा, कोरियन भाषा, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुने जानकारी दिनुभयो ।

यी कक्षाहरु भौतिक र अनलाइन दुवै माध्यमबाट पढाइ हुने पनि मेहताले कार्यक्रममा आफना मन्तब्य राख्दै बताएका छन ।

यस्तै, कक्षा ८, ९, १०,१२ तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स गर्नुका साथै संसारको जुनसुकै ठाउंबाट पैसा पाउन र पठाउन आइएमइ, इसेवा, आइएमइ पे, प्रभु पे लगायत सेवाहरू लिन सकिनेछ । 

यसैगरी, अनलाइन फारामहरु भर्नुका साथै सम्पुर्ण कार्यहरु गरिने छ त्यस्तै शेयर बजार सम्बन्धी ज्ञानमुलक छलफलहरु समेत चलाईने मेहताले जानकारी दिएका छन ।

त्यसैगररी एकै छानामुनि फोटोकपी, स्कानिक, पिडिएफ, फोटो, प्रिन्ट निमन्त्रणा कार्ड, बर्ड डे कार्ड, श्राद्ध कार्ड, विवाह कार्ड समेत बनाइने छ । कम्पनी,संघसंस्था, ट्रस्ट, फाउन्डेशन दतां–खारेज सम्बन्धी सम्पूर्ण कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी सम्पुर्ण कार्यकार्यहरु गरिने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको सम्पुर्ण कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट बस टिकट, बिजुली बिललगायत अनलाईन भुक्तानीका सम्पुर्ण कायहरु गरिने समेत मेहताको भनाई छ ।

यसैबीच युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा सेवा केन्द्रकै रुपमा आफना तेश्रो नासा सेवा केन्द्र सुनसरीकै देवानगंज गाउँपालिकामा चैत्र २७ गते आईतबार समुदघाटन गरीने पनि संस्थाका सस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरबिन्द मेहताले जानकारी दिएका छन ।

स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराको साथ देवानगंजमा कार्यक्रम सम्पन्न गर्न लागेको हो 

देवानगंज गाउँपालिकालाई आर्थिक समृद्धि , आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी ,सामाजिक, संस्कृति गायनका कुरालाई मध्यनजर गर्दै नासा सेवा केन्द्र सञ्चालन गरिने पनि नासा इन्भेष्टमेन्ट प्रा। लिले जनाएको छ ।

कार्यक्रममा विशेष अतिथीहरु अग्रज गायक रामा मण्डल,नितिन गजुरेल,प्रवलदीप बिस्वास, प्रकाश अनुराग तथा सारेगामा लिटिल च्यम्सका लोकप्रिय बाल गायक प्रीतम आचार्यले विशेष प्रस्तुति पस्केका थिएभने कार्यक्रम नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved