सागमा नेपालको ऐतिहासिक सुरुवात, एकै दिन नेपाललाई १५ स्वर्ण

  • मंसिर १७, २०७६
  • १५२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । १३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो । सोमबार नै सुरु भएका यी दुवै खेलबाट नेपालले बढी पदकको आशा गरेको छ ।अर्को एक पदक पोखरामा सम्पन्न ट्रायथलनमा सोनु गुरुङले जितिन् । कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले दुईरदुई स्वर्ण पदक हात पारे । मन्डेकाजीले पुरुष एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । टिम कातामा उनलाई महसुस मोक्तान र प्रवीण मानन्धरले साथ दिएका थिए ।

तेक्वान्दोमा आयषाले महिला एकल पुम्से २९ वर्षभन्दा माथि र पेयर पुम्सेमा स्वर्ण पदक जितिन् । पेयर पुम्सेमा उनलाई सञ्जीवकुमार ओझाले साथ दिएका थिए । मन्डेकाजी र आयषा दुवै फरक परिस्थितिबीच प्रतियोगितामा सहभागी भएका खेलाडी हुन् । ३५ वर्षीय मन्डेकाजी कराँतेको कातामा विशेष दख्खल राख्छन् । उनले सागमा पदक जित्न १० वर्ष निरन्तर संघर्ष गर्नुपर्यो । यसअघिका दुई साग उनका लागि सुखद रहेन । सन् २०१० मा बंगलादेशमा ११औं साग हुँदा उनी २६ वर्ष पुगिसकेका थिए ।

त्यतिबेला उनी सागका लागि छनोट पनि भए । बंगलादेश सागका लागि उनले स्वर्णको लक्ष्यसहित तयारी पनि गरेका थिए । तर, उनले प्रतिस्पर्धा गर्ने भनेको स्पर्धालाई आयोजकले ११औं सागमा समावेश गरेन । त्यसैले उनले त्यो साग खेल्ने अवसर पाएनन् । उनले हिम्मत हारेनन् । १२औं सागमा आफ्नो सपना साकार पार्ने योजना बोकेर उनी निरन्तर तयारीमा लागिरहे । सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा पनि कराँते खेल समावेश गरिएन । फेरि एकपटक सागमा स्वर्ण जित्ने उनको सपना अधुरै रह्यो ।

आफूले १० वर्षअघि देखेको सपना मन्डेकाजीले घरेलु मैदानमा पूरा गरे । सोमबार उनका लागि अर्को संयोग पनि जुर्यो । घरेलु मैदानमा सम्पन्न सागमा देशका लागि स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी बने । ‘मेरो वर्षौंदेखिको सपना साकार भएको छ । यो मेरो जीवनको सबैभन्दा सुखद क्षण हो’, दोस्रो स्वर्ण जितेपछि उनले भने । उनले आफूले जितेको स्वर्ण देश र सम्पूर्ण नेपालीप्रति समर्पित गरे ।‘यो स्वर्ण म देश र सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु । मलाई निरन्तर साथ र सहयोग गर्नु हुने सबैप्रति आभारी छु’, मन्डेकाजीले भने, ‘पछिल्लो समय हिमानी मेरा लागि लक्की बनेर आएकी छन् ।’ हिमानी उनकी कान्छी छोरी हुन् । उनी भर्खर ६ महिनाकी भइन् । मन्डेकाजी भन्छन्, ‘हिमानी मेरा लागि लक्की छिन् । उनको आगमनपछि नै मेरो सपना पूरा भएको छ ।’ यसैगरी तेक्वान्दोमा दोहोरो स्वर्ण जित्ने आयषा दुई सन्तानकी आमा हुन् । आयषा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टकी पत्नी हुन् ।

आयषा प्रतिद्वन्द्वीसँग भिडन्त गरिरहँदा दीपक अधैर्य देखिन्थे । स्वर्ण पदक जितेपछि खुसीको आँसु थाम्न नसकेकी आयषा खुसीयाली मनाएपछि दौडँदै दीपकको अँगालोमा बाँधिन पुगेकी थिइन् । आयषाले सागमा जितेको यो तेस्रो स्वर्ण पदक हो । सन् २०१० मा बंगलादेशमा भएको ११औं सागमा दीपक र आयषा दुवैले देशका लागि स्वर्ण पदक जितेका थिए । दीपकले भने हाल सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् ।

१३औं सागको आइतबार भएको उद्घाटन समारोहमा दीपकले नै ओलम्पिक ज्योति प्रज्ज्वलन गरेका थिए । सोमबारको खेल सकिँदासम्म नेपाल पदक तालिकाको पहिलो स्थानमा छ । यो खबर आजको अन्नपुर्णपोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved