बिदाई तथा सटिफिकेट बितरण

  • चैत्र १९, २०७८
  • ४३५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरीमा रहेर कम्प्युटर तथा विभिन्न भाषाका कक्षा सञ्चालन गर्दै आएको गुडलक एजुकेशन एण्ड ट्रेनिङल सेन्टर प्रा. लि. इटहरीले विद्यार्थीहरुको विदाइ तथा सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 इटहरी स्थित कार्यलयमा एक समारोहका बीच गुडलक एजुकेशनले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा विदाइ कार्यक्रम गरेको हो । गुडलक एजुकेशन इटहरीमा राइट स्टेप एजुकेशन एकेडेमी कपिलबस्तुसँगको सहकार्यमा सञ्चालित प्रोफेसनल डिप्लोमा इन कम्प्युटर एप्लीकेशन कार्यक्रममा उत्तिण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरुको विदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै गुडलक एजकेशन इटहरीका प्रवन्ध निर्देशक रेवती निरौलाले विद्यार्थीहरुलाई आइएसओ सर्टिफाइट तथा सीटीइभीटीद्वारा मान्यता प्राप्त प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण एकवर्षे पीडीआइसीए कोर्ष पुरा गर्न केही ढिलाइ भएको जानकारी दिंदै विद्यार्थीहरुको उज्ज्वल भविश्यको कामना गर्नुभयो ।

यस्तै गुडलक एजुकेशनका निर्देशक वसन्त रेग्मीले विद्यार्थीहरुले गुडलकमा सिकेको शिप र प्रमाणपत्रलाई सदुपयोग गर्दै आफ्नो भविश्य सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसअघि अध्ययन गरेका कोर्षमा कुनै समस्या भएमा गुडलकमा निःशुल्क रुपमा अध्ययन गर्न सकिने पनि जानकारी दिनुभयो । उहाँले गुडलकले यसवर्ष पनि एसइइको अवसरमा विशेष छुटका साथ कम्प्युटरका कक्षाहरु सञ्चालन गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार दीपक कार्की, गुडलक एजुकेशनका कम्प्युटर प्रशीक्षक विनोद विष्ट, गुडलकमा अध्ययनरत विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीले इटहरीमा कम्प्युटरका विभिन्न कोर्षका साथै कोरियन भाषा, जापानीज भाषा र अंग्रेजी भाषाका कक्षा सञ्चालन गर्दै आएको छ ।

साथै विभिन्न स्थानीय तहहरुसँग सहकार्य गरि शिपमुलक तालिम र क्षमता विकासा तालिम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved