एजेन्सी : कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । फिफाले शुक्रबार उक्त खेल तालिका र समूह विभाजन सार्वजनिक गरेको हो ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् ।
पहिलो दिन थप तीन खेलहरु हुनेछन् जसमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘बी’का दुई खेल हुनेछन् जसमा इङ्ल्यान्डले इरानसँग खेल्दा यूएसएले स्कटल्यान्ड वेल्स र युक्रेन मध्ये विश्वकपमा छनोट हुने कुनै एक टोलीसँग खेल्नेछ ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ भने कुल ३२ टोलीको सहभागिता रहने छ ।