काठमाडौं: देशभर थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार २ सय ६८ जनामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना निको भएका छन् । सोही समयमा देशभरका ८३ हजार २ सय ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका २ हजार २ सय १९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जारी गरेको विवरण उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved