इटहरी जेसिजको आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण सिविर

  • चैत्र १०, २०७८
  • ४४३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : ग्रामिण क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरुले सर्वसाधारणलाई तत्कालिन अवस्थामा स्वास्थ्य उपचार साथै स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन सहज हुन थालेको छ ।

सामाजिक सेवाका क्षेत्रका काम गर्ने संघ सस्थाहरुले विभिन्न दिवस तथा अवसर पारेर विशेषज्ञ चिकित्सक तथा प्रयोगशाला समेत ग्रामिण क्षेत्रमै लगेर आयोजना गर्ने स्वास्थ्य शिविरहरुबाट सर्वसाधारले उपचार तथा आफनो स्वास्थ्य अवस्थाका विषयमा जानकारी पाउन थालेका हुन् ।

यसै क्रम सुनसरीको इटहरीमा विश्व क्षय रोग दिवसको अवसर पारेर इटहरी जेसिजको आयोजना फोक्सो लगायतका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ । इटहरी उप महानगरपालिकाको वडा नम्बर २ मा रहेको ग्रामिण वस्ती शान्तिनगरको सिहंदेवी चौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा वढीले सेवा लिएका छन् ।

मेडिको, मनोकामना डेण्टल र अरविन्द आइ केयरको प्राविधि सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर धेरै जना कोभिड संक्रमण भई सकेको स्थानलाई छनोट गरेर आयोजना गरिएको आयोजक इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले जानकारी दिए ।

ग्रामिण क्षेत्रमै आएर विशेषज्ञ सहितको सेवा दिदा स्थानीय समेत हर्सित भएका छन । कतिपय स्थानीयलाई वाहिर गरेर जचाउन समस्या हुने अवस्था रहेमा शिवरले सहयोग पुर्याएको स्थानीय शिक्षक अनिता पौडेल मगरले बताईन्।

सो निःशुल्क फोक्सो परिक्षण सहितको स्वास्थ्य शिविरमा विपी मेडिकोका फिजिसियन डा. अमित खतिवडा, डा. गुन्जन त्रिताल वालरोग विशेषज्ञ डा. सुमित घिमीरेले सेवा दिएका थिए भने मनोकामना डेन्टलका दाँत रोग विशेषज्ञ डा.सुजन गौतम र अरविन्द आइ केयरका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved