प्राइम भिजन कलेजमा बारटेन्डरिङ्ग कोर्ष सम्पन्न

  • चैत्र ८, २०७८
  • ७८० पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानको एक मात्र एडभान्स डिप्लोमा अध्यापन गराउने कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले बिद्यार्थीहरुका लागि बारटेन्डरिङ्ग कोर्ष समापन गरेको छ ।

हिराकल्स बारटेन्डर र प्राइम भिजनको सहकार्यमा ८ दिने कक्टेल एण्ड मक्टेल कोर्ष तालिम संचालन गरिएको थियो । मिक्सोलोजी तथा फ्लेरिङ दुवै को प्रशिक्षण प्रदान गरिएको कोर्षमा बिद्यार्थीहरुले विभिन्न प्रकारका कक्टेल र मक्टेल तयार पारेका थिए । बिद्यार्थीहरुले ब्लडीमेरी, गडफादर, पिनाकोलाडा, मोहितो, कस्मोपोलिटान लगायत दुई दर्जन भन्दा बढी ड्रिंक्सहरु तयार पार्ने अभ्यास गरेका थिए ।

pvihm group

भोलिको दिनमा कलेजका कुनै पनि बिद्यार्थीहरु पछि न परुन् भन्ने हेतुले क्षमता विकासको निमित्त प्राइम भिजन कलेजले समय समयमा यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको कलेजका सीईओ अभिषेक श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बारटेन्डरिङ्ग हस्पिटालिटीको महत्वपुर्ण पाटो रहेको र यो क्षमता अभिबृद्धि गर्नका लागि एक दिने कार्यक्रम पर्याप्त न हुने हुनाले ८ दिन को कोर्ष गरिएको समेत प्रस्ट पार्नु भयो।

pvihm 2

कार्यक्रमको समापनमा बिद्यार्थीहरुले आफुले सिकेको आधारमा विभिन्न कक्टेल तथा मक्टेलहरु तयार पारेर प्रस्तुत गरेका थिए भने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved