चैत्र ३ गते प्रथम बराहक्षेत्र १० कि.मि. खुल्ला दौड प्रतियोगिता हुने

  • चैत्र १, २०७८
  • ६९२ पटक पढिएको
  • संगीत सिग्देल
alt

बराहक्षेत्र : बराहक्षेत्र ७ मा रहेको उद्यमी क्लबले मंगलबार बराहक्षेत्र ७ स्थित बसन्तऋतु मा.वि. को खेल मैदानमा "प्रथम बराहक्षेत्र १० कि.मि. खुल्ला दौड प्रतियोगिता" को बारेमा पत्रकार सम्मेलन गरेको छ । क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीर बहादुर लिम्बू, नगर खेलकुद समितिका सदस्य राज लिम्बू (जापान), लगायत बराहक्षेत्रका १४ जना सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष घिमिरेका अनुसार प्रथम पुरस्कार नगद रु.२१ हजार, द्वितीय पुरस्कार १६ हजार, तृतीय पुरस्कार ११ हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । त्यसैगरी चौथो देखि दशौं सम्मलाई जनही २-२ हजार र सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र, टिसर्ट साथै महिला खेलाडीका लागि हौसला स्वरुप आकर्षक पुरस्कारहरु रहेको जानकारी समेत अध्यक्षले दिनु भएको छ ।

20220315174349_IMG_7348

सम्मेलनमा अनुमानित आय तर्फ ४ लाख ३१ हजार ५ सय र अनुमानित व्यय तर्फ पनि ४ लाख ३१ हजार ५ सयको विवरण सार्वजनिक भएको छ । हाल सम्म १० कि.मि. दौडका लागि १५० जना भन्दा बढी पुरुष र २५ जना भन्दा बढी महिला सहभागीहरुले नगद रु. २५० तिरेर फारम भरी सक्नु भएको छ । चैत्र ३ गते बिहान ७ बजे हुने उक्त कार्यक्रमका लागि ५० जना स्वयंसेवक, एम्बुलेन्स, स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीको समेत व्यवस्थापन गरिएको छ ।

यो दौड पहिलो संस्करण भएकोले बराहक्षेत्र भित्रका सहभागीहरुलाई मात्र समेटिएको आयोजकले जनाएको छ । दौडका लागि चक्रघट्टि जेसिज, उद्योग वाणिज्य संघ बराहक्षेत्र र जनहित क्लब बराहक्षेत्रले एम्बुलेन्स सहयोग गर्ने भएका छन् । आजै पत्रकार सम्मेलनमा दौडका लागि तयार गरिएको टिसर्टको विमोचन समेत अध्यक्ष र अतिथिहरुले संयुक्तरुपमा गर्नु भएको छ ।

20220315180056_IMG_7358

दौडको रुट बराहक्षेत्र ७ सोमबारे बजारबाट सुरु भई बिचपानी हुँदै नडाहा चौक पुगि बाङ्गे बजार हुँदै शिवालय मन्दिर महेन्द्र गेटमा आएर पुनः सोमबारे बाजारमा आएर दौड समाप्त हुनेछ ।

आयोजकका अनुसार यस दौडको उद्देश्य दुर्व्यसनलाई निरुत्साहित गर्दै दुर्व्यसन मुक्त समाज निर्माणमा टेवा पुर्याउने र दौडमा चाख राख्ने स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन हौसला र साथ सहयोग प्रदान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved