तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनलाई

  • फाल्गुन २९, २०७८
  • ५१३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : दक्ष खेलाडी उत्पादन गर्न, युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन् ।

ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन् ।

प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सँस्करण समापन कार्यक्रम ब्रदर्श स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न गरियो ।

vlcsnap-2022-03-13-16h05m27s619

यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा प्रथम हुने धरानका पाख्रीनलाई ३० हजार नगद पुरस्कार शिल्ड प्रमाण पत्र, दोस्रो हुने विराटनगरका कर्णलाई १० हजार नगद सहित शिल्ड प्रमाण पत्र प्रदान गरियो । त्यसै गरी प्रतियोगितामा तेस्रो र शान्त्वना हुने खेलाडीलाई ५ हजार नगद सहित प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी, अध्यक्ष लगायत अतिथीहरुले प्रदान गरेका थिए ।  

समापन कार्यक्रममा राष्ट्रिय स्नोकर जज टिकालाल श्रेष्ठ, ब्रदर्श स्नोकर हाउसका रोमन राई, जीवन न्यौपाने, युवा सन्जालका पुर्व अध्यक्ष लोकेन्द्र कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved