प्राईम भिजन कलेजको खेल सप्ताह सप्पन्न

  • फाल्गुन २१, २०७८
  • ८०१ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानमा एक मात्र एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन हुने पिभिआइएचएमले खेलकुद सप्ताह सम्पन्न गरेकाे छ ।

फाल्गुण १७ गते बाट सुरु गरेकाे खेलकुद सप्ताह अन्तर्गत कलेजले पहिलाे दिन फाइभ के पिभिआइएचएम रन,  खुल्ला बुद्धिचाल प्रतियाेगिता तथा क्यारम प्रतियाेगिता सम्पन्न गरेकाे थियो । उक्त प्रतियाेगितामा महिला तथा पुरुषमा क्रमशः रन तर्फ हेन्खाम राई र रोशन लावती प्रथम भए भने चेसमा कक्षा ११ का अनुप श्रेष्ठ प्रथम भए । त्यसै गरि क्यारममा एडिएचएमका नारायण खत्री तथा सन्देश पालपाली प्रथम भए । 

त्यसै गरि दोस्रो दिन सम्पन्न पिट्टु प्रतियोगितामा महिला तर्फ कक्षा १२ को समूह प्रथम भए भने पुरुष तर्फ पनि कक्षा १२ प्रथम भए । सोही दिन सम्पन्न ओपन टेबल टेनिस प्रतियोगिताको उपाधी कक्षा ११ का छात्र अनुप श्रेष्ठले प्राप्त गरे ।

20220304124537_IMG_6793

तेस्रो दिन सम्पन्न इस्पेलिङ्ग बि कन्टेस्टमा कक्षा १२ कि एलिना राई र कक्षा ११ कि मेला राईको जोडी प्रथम भए भने सोही दिन सम्पन्न कुकिङ्ग प्रतियोगितामा सुस्मा राई, सकुना खेवा लिम्बु र निकिता श्रेष्ठ तथा निर्निमेस गुरुङ्ग, सन्दिप माझी र अनुप मगरले उपाधी साझा गरे । उक्त प्रतियोगितामा कुल ६ समुहको सहभागिता रहेको थियो । 

शुक्रबार आयोजित खेल सप्ताहको अन्तिम दिनको खेलमा पुरुष फुटसल, महिला फुटसल तथा रस्सी तान प्रतियोगिता महिला र पुरुष सम्पन्न भएको थियोे । उक्त प्रतियोगितामा पुरुष फुटसल तर्फ कक्षा १२ को समुह बिजयी भए भने एडिएचएम सिनियर उप बिजेता बने । महिला तर्फ भने टीम बि ले उपाधी प्राप्त गरे । रस्सी तान प्रतियोगितामा पुरुष तर्फ कक्षा १२ ले उपाधि जित्यो भने महिला तर्फ एडिएचएम सिनियर बिजेता बने । चित्रकला प्रतियोगितामा कक्षा ११ कि खुस्बु लिम्बू बिजेता बनिन् ।

20220304142418_IMG_6999

चार दिन सम्म संचालित खेल प्रतियोगितामा सम्पुर्ण विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए । 

खेल सप्ताहमा समाबेश गरिएका सम्पुर्ण खेल को विशेष महत्त्व रहेको प्राइम भिजनका संयोजक अनिल श्रेष्ठले बताए । फाल्गुण २१ गते हुने तय भएको धरान रन प्रमोसनका लागि ५ के रन गरिएको थियोे भने पिट्टु खेलले मौलिकता झल्काउने गरि समाबेश गरिएको श्रेष्ठले जनाए । 

सम्पूर्ण बिजयी खेलाडीहरुलाई ट्रफि, मेडल तथा प्रमाण पत्र बितरण गरिएको थियोे । उक्त कार्यक्रममा कलेज का सि. ई. ओ. अभिषेक श्रेष्ठले खेल सप्ताहमा सहयोग गर्नुहुने सम्पुर्ण शिक्षकहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved