अटो सिटिद्वारा इप्रका इटहरीलाई विद्युतिय टेम्पो हस्तान्तरण

  • फाल्गुन २०, २०७८
  • ४५२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : जनताको शान्ति सुरक्षाका लागि खटिने प्रहरीलाई साधन स्रोत सम्पन्न वनाउन सहयोग पुगोस भन्ने उद्धेश्यले इलाका प्रहरी कार्यालय इटहरीलाई अटो सिटी इटहरीले एउटा विद्युतिय टेम्पो उपलव्ध गराएको छ ।

अटो सिटीले एक कार्यक्रमकै आयोजना गरि इलाका प्रहरी कार्यालय इटहरीलाई विद्युतिय टेम्पो हस्तान्तरण गरेको हो ।

विद्युतिय टेम्पो हस्तान्तरण कार्यक्रममा अटो सिटीका सञ्चालक प्रदिप सन्थलियाले प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीलाई टेम्पोको चावी हस्तान्तरण गरे। सो कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक विसीले प्रहरी समुदायको एउटा अभिन्न अंग भएकाले प्रहरीलाई शान्ति सुरक्षा कायम गरान जनताले साथ र सहयोग रहनु पर्ने वताए । उनले प्रहरीलाई भौतिक साधन सम्पन्न वनाउने कार्यमा सहयोग गर्नु प्रशसीनिय कार्य हो भने ।जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीलाई साधन स्रोत सम्पन्न वनाउन केही सहयोग पुर्याउने उद्धेश्यले करिव ८लाख मुल्य वरावरको विद्युतिय टेम्पो उपलव्ध गराएको अटो सिटीका सञ्चालक सन्थलियाले वताए ।

सन्थलियाले अन्य समयमा पनि इलाका प्रहरी कार्यालय इटहरीलाई मोटरसाईकल साईकल उपलव्ध गराएको समेत स्मरण गरे । उनले प्रहरीलाई उपलव्ध गराउने सवारी साधनहरु ल्याउदा आफुहरुलाई भन्सार छुट भए अझ सजिलो हुने भन्दै त्यस तर्फ सम्वन्धीत निकायको ध्यानाकर्षण गराए ।

विद्युतिय टेम्पो हस्तान्तरण कार्यक्रममा सुनसरी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव प्रहरी उपरिक्षक सञ्जय सिहं थापा उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष भिम पौडेल वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved