प्राइम भिजनमा खेल सप्ताह सुरु

  • फाल्गुन १७, २०७८
  • ७९२ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै 'प्राइम भिजन स्पोर्ट्स विक' को समुद्घाटन गरेको हो । 

समुद्घाटनमा आयोजित 'पी. भी. आइ. एच. एम. फाइभ के रन' मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । 

छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता निकिता श्रेष्ठ बनिन् । तेस्रो स्थानमा विनिता राई आइन् । 

दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए । 

20220301080704_IMG_5954

दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता 'धरान रन' ले गरेको थियो । 

धरान १० कलेज रोडमा अवस्थित प्राइम भिजन इन्टरनेश्नल होटल म्यानेजमेन्ट कलेजले दौडसँगै पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा गरेको छ । 

कोभिड सङ्क्रमणको लामो समय विद्यार्थीमा अतिरिक्त कृयाकलाप नभइरहेको अवस्थामा खेल सप्ताहले विद्यार्थीमा उत्साह दिने कलेजका सिईओ अविशेक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved