मनिष प्रसाईको “मनै त हो” नामक गीतको म्युजिक भिडियो सार्वजनिक

  • माघ ७, २०७८
  • ८९२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गितकासाथ दर्शकमाझ पुनः झुल्केका छन् ।

“गोलिहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए” लगायतका उनका सृजनाहरु विगतमा निकै चर्चामा थिए ।

निरन्तर संगितमा साधानारत रहेतापनि सामाजिक क्षेत्रको कार्य व्यस्तताले सांगितिक प्रस्तुति दिन समय कम पाइरहेका उनले यस पटक भने आफ्नो जन्मदिनको अवसर पारेर २०७८ माघ ३ गते “मनै त हो” भन्ने नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।    

यस गितलाई छायांकन गर्दा पनि धेरै चमक - धमक र सृंगार नगरिकन प्राकृतिक पक्षलाई मात्र ध्यानमा राखी सकेसम्म सरल बनाउने प्रयास गरि फरक स्वाद दिने प्रयास गरिएको छ भने अनलाईन माध्यमबाट गितको प्रिमियर गरिएको छ । स्वयम् प्रसाईको शब्द संगित र स्वर रहेका यस म्युजिक भिडियोको निर्देशन रमेशजंग कुँवरले गर्नुभएको छ भने अभिनयमा रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेले साथ दिनुभएको छ । 

उक्त गित प्रसाईको आफ्नै यु ट्युब च्यानल Dorian Entertainment मार्फत माघ ३ गते आफ्नै जन्मदिनको अवसर पारेर उक्त गित सार्वजनिक गरिएको विनय विष्णु के. सी. ले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved