गोधुली कपको फाइनलमा १६ र १३ भिड्ने

  • माघ १, २०७८
  • ५७३ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : २२ औं संस्करणको गोधुली फुटबल रनिङ कपको फाइनलमा धरानको वडा नं. १६ र १३ भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा जित हात पार्दै दुवै टोलीले फाइनलको यात्रा तय गरेको हो । धरान रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा १६ नं. वडाले १४ नं. वडालाई २–१ गोल अन्तरले पराजित गर्दै १६ नं. वडा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो संस्करणको फाइनलमा १४ नं. वडाले १६ नं. वडालाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । १६ नं. वडाले गत वर्ष फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

१६ नं. वडाका लागी शैलेन्द्र नेपाल र जमिन लिम्बूले एक एक गोल गरे । नेपालले दोस्रो हाफको २३ औं मिनेटमा गोल गरेका थिए भने लिम्बूले ३४ औं मिनेटमा गोल गरेका थिए । १४ नं. वडाका लागी विपिन श्रेष्ठले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच १६ नं. वडाका शैलेन्द्र नेपाल घोषित भए । उनलाई नगद रु. २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै आज भएको दोस्रो सेमिफाइनल खेलमा १३ नं. वडाले ८ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको छ । १३ नं. वडाका लागी अशोक कटवाल र दोर्जे तामाङ्गले गोल गरेका थिए । विपक्षि खेलाडीलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा तामाङ्गले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १३ नं. वडाका दोर्जे तामाङ्ग घोषित भए । उनलाई नगद रु. २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोली फाइनल खेल वडा नं. १३ र १६ बीच धरान रंगशालामा ठिक १ बजे हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई नगद रु. १ लाख ५० हजार र उपविजेतालाई रु. ७५ हजार प्रदान गरिने आयोजकले यस अघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved