मोरङ्गको रमिते डाँढा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदै

  • पुस २६, २०७८
  • ९३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी  : आन्तरीक पर्यटन प्रवद्धनको दृष्टिकोणले चिसो मौषमको समयमा विभिन्न ठाउँमा वनभोज खान जानेहरुले महत्वपुर्र्ण योगदान गर्ने गरेका छन । पछिल्ला केही वर्ष यता देखि पुर्वी नेपालका विभिन्न ठाउँमा कार्तिक देखि फागुन महिना सम्म वनभोज खान जानेहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने गरेका हुन ।

पुर्वी नेपालमा वढी रहेको बनभोज अथार्त पिकनिक खाने जाने चलन वढी रहेको समयमा पिकनिक टोली तथा आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने गरी पुर्वका विभिन्न ठाउँहरुमा पिकनिक स्पोर्ट वनाउने कार्य समेत वढी रहेको छ । पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा जोड दिदै निर्माण गरिदै आएको मोरङ्गको बेलवारी २ लालभित्तीमा रहेको रमिते डाँढा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदै आएका छ ।

vlcsnap-2022-01-10-15h58m48s935

पर्यटकीय गतिविधि वढाउने उद्धेश्यले पिकनिक स्पोट निर्माण गरिएको तथा भ्युटावर समेत निर्माण गरिदै आएको रमिते पर्यटन क्षेत्र पिकनिक टोलीका लागि आकर्षक क्षेत्र वन्न थालेको छ । यस क्षेत्रमा दैनिक आठ दश टोली वनभोज अर्थात पिकनिक टोलीहरु आउने गरेका छन । इटहरीबाट पिकनिक खान आएका हिमाल रिजाल रमिते पर्यटन क्षेत्र सम्भावाना वोकेको पर्यटकीय क्षेत्र भएको वताउछन ।

उनले हरियाली जगंल क्षेत्र रमाईलो ठाउँ र विकासोमुख अवस्था रहेका कारण यो क्षेत्रमा भैरहेका पर्यटकीय कामले आन्तरिक तथा वाह्य पर्यटकहरुले आकर्षण गर्ने अनुमान समेत गरे । पुर्वपश्चिम राजमार्ग अन्तरगत बेलवारीबाट ३ किलोमिटर उत्तर रहेको हरियाली वन क्षेत्रमा निर्माण भई रहेको रमिते पर्यटन क्षेत्रमा विभिन्न चराचुरुगी लगायतको प्राकृति तथा कृतिम रुपमा पर्यटक आकर्षित गर्ने गरी तयार पारिने संरचनाले पर्यटकहरुलाई लोभ्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved