स्थानिय भवन निर्माण व्यवसायी संघको १० औँ साधारणसभा सम्पन्न

  • पुस २४, २०७८
  • ६१५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्थानिय भवन निर्माण व्यवसायी संघको १० औँ साधारणसभा सम्पन्न भएको छ ।

उघोग वाणिज्य संघको हलमा साधारणसभा सम्पन्न भएको हो । पुष्पनारायण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उघोग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाले २१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नयाँ कार्यसमितिमा पुष्पनारायण चौधरी पुनः नेतृत्वमा चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा गोपाल विष्ट, सचिवमा मनोज चौधरी, सहसचिवमा राजेश चौधरी चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष भिम लिम्बु, सदस्यहरुमा अमसुल मिया, विन्देश्वर दास, चन्दन चौधरी, खगेन्द्र राई लगायत छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले निर्माण व्यवसायी बिना देश विकासको सम्भावना नै नहुने र निमार्ण व्यवसायी देशको मेरुदण्डको रुपमा रहेको बताउँदै निमार्ण व्यवसायीको योगदान अतुलनिय रहेको बताए ।

कार्यक्रममा दिपेश आचार्य, टेकमणी नेपाल लगायत निर्माण व्यवसाय संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved