सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिगको उपाधीका लागि धरान फुटबल क्लब र गोधुली क्लब भिड्ने

  • पुस २२, २०७८
  • ६८८ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : धरान फुटबल क्लब र गोधुली क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको उपाधीका लागि भिड्ने भएका छन् । इटहरी रंगशालामा आज बिहिबार सम्पन्न सेमिफाइनल खेलहरुमा जित निकाल्दै दुई धराने क्लबले उपाधी भिडन्त पक्का गरेका हुन् ।

लिग अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले बराहक्षेत्रको न्यू स्टार क्लबलाई ३—१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ७ औं मिनेटमा न्यू स्टारका सन्तोष श्रेष्ठले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । धरानका सरोज राईले २७ औं मिनेटमा गोल फर्काएपछी खेल एक—एक को बराबरीमा आयो । त्यसको एघार मिनेट पछी धरानका बिबेक टेम्बेले एक गोल गरी धरानलाई २—१ को अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा बिबेकले नै पेनाल्टी मार्फत थप एक गोल गरेपछी धरानले न्यू स्टार माथी सहज जित हात पार्यो ।

drn football

उक्त खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल बिबेक नै घोषित भए । उनलाई राष्टिट्रय जागृती क्लबका पूर्व अध्यक्ष ईश्वरी पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । 

बिहिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धरान कै गोधुली क्लबले राष्ट्रिय जागृती क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र त्यसपछी थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिइएको हो । 

राष्ट्रिय जागृतीका लागि सुमित चौधरी र निकेश तामाङ्गले मात्र गोल गर्न सफल भए भने स्मित तामाङ्गको प्रहार गोल गोलपोष्टमा लागेर बाहिरिएको थियो । रंजन कटुवालको प्रहार गोधुलीका गोलकिपरले बिफल बनाएका थिए । गोधुलीका महेन्द्र बिष्ट, बबिन थापा, मार्टिन राई र अमृत राईको प्रहार गोलमा परिणत भएको थियो ।

उक्त खेलको म्यान अफ द म्याच गोधुलीका निमा शेर्पा घोषित भए । उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीब ढुंगाना र माहाधिबेशन प्रतिनिधि महेश बास्तोलाले नगद १ हजार ५ सय र मेडल प्रदान गरे ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ । फाइनल बिजेताले नगद ५० हजार पाउदा उपबिजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved