धरान फुटबल क्लब र राष्टिय जागृती एडिभिजन लिगको सेमिफाइनलमा

  • पुस २०, २०७८
  • ४९५ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : राष्टिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन ।

यो संगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्टिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ ।

इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा राष्टिय जागृती क्लबले लगातार तेस्रो जीत निकाल्नेक्रममा धरानको टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थान सहित सेमिफाइनल प्रवेश गरेको हो । उसको जितमा म्यान अफ द म्याच निकेष तामांगले खेलको २१ औं मिनेटमा गोल गर्दा स्मित तामांगले २५ औं मिनेटमा गोल गरे ।

मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुह उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक–एक गोल गरे । जीमीले खेलको १९ औ र मास्केले २९ औं मिनेटमा गोल गरेका थिए ।

उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए । उनलाई प्रेष युनियन सुनसरीका सचिव बिबेक भटराई र समाजसेवी तीर्थ पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved