सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग : धरान फुटबल र राष्ट्रिय जागृती क्लब बिजयी

  • पुस १८, २०७८
  • ४८७ पटक पढिएको
  • अर्जुन सुबेदी
alt

सुनसरी : सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा धरान फुटबल क्लब र राष्ट्रिय जागृती क्लबले जित हात पारेका छन् ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । धरानको जितमा रिवश मास्के र सुगास जीमीले एक–एक गोल गरे । मास्केले खेलको १३ औं र जिमीले ३१ औं मिनेटमा गोल गरेका हुन् । उक्त खेलको म्यान अफ द म्याच बिजयी टिम धरान फुटबल क्लबका सुगास जीमी घोषिता भए । उनले नगद रु. १ हजार ५ सय पुरस्कार पाए ।

आइतबार नै सम्पन्न दोस्रो खेलमा राष्ट्रिय जागृती क्लबले इटहरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि अनिष चौधरी, स्मित तामाङ्ग र समिट कुमार चौधरीले एक–एक गोल गरे । अनिषले दोस्रो हाफको १४ औं, स्मितले ३३ औं र समिटले ३७ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच समिट कुमार चौधरी घोषित भए । उनले पनि नगद रु. १ हजार ५ सय पुरस्कार पाए ।

भोली सोमबारको पहिलो खेल गोल्डेनस्टार क्लब दुहबी र गोधुली क्लब धरान बिच हुँदा दोस्रो खेल एलेभेन एरो क्लब दुहबी र न्यु स्टार क्लब बराहक्षेत्र बिच हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved