केपि ओलीले आफुलाइ देउता ठाने: नेकपा एस का अध्यक्ष नेपाल

  • पुस १८, २०७८
  • ६१९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन ।

सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन ।

 पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे । एमाले अध्यक्ष केपी ओली प्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले ओली सरकारको नेतृत्व र पार्टीको नेतृत्वमा पुगेपछि अहंकारी वनेको आरोप लगाउदै राज्य र पार्टी भन्दा ठुलो आफै भएको ठानेर निरंकुस वनेकोले सच्चा कम्युष्टिहरुले विद्रोह गर्नु परेको समेत वताए ।

१५ वर्ष सम्म आफनो नेतृत्वमा वसेर ओली आफु नेतृत्वमा पुगेपछि आफुलाई समेत नटेरेको भन्दै ओलीले कसैलाई नटेरेर निरंकुश र अहंकारी भएको समेत आरोप लगाए ।

एमालेका पुर्व केन्द्रीय सदस्य धर्मराज निरौला लगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डली वाहेककाले क्रमश एमाले छोड्ने समेत दावी गरे । कार्यक्रममा एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेका विभिन्न व्यक्तिहरुलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved