सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग : न्यू स्टार र एलेभेन एरोज क्लब बिजयी

  • पुस १७, २०७८
  • ५८० पटक पढिएको
  • अर्जुन सुबेदी
alt

सुनसरी : सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलमा न्यू स्टार क्लब र एलेभेन एरोज क्लब बिजयी भएका छन् ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा न्यु स्टार क्लब बराहक्षेत्रले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जितमा खेलको म्यान अफ द म्याच सन्दिप श्रेष्ठले दास्रो हाफको छैठौ मिनेटमा निर्णायक गोल गरे ।

शनिबार नै सम्पन्न दोस्रो खेलमा दुहबीको एलेभेन एरोज क्लबले दुहबीकै गोल्डेन स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । एलेभेन एरोजको जितमा बिशाल राईले पहिलो हाफको ३७ औं मिनेटमा निर्णायक गोल गरे । श्रेष्ठ नै उक्त खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गरे ।

भोलि आइतबारको पहिलो खेल धरानको टेम्के क्लब र धरान फुटबल क्लब बिच हुँदा दोस्रो खेल इटहरीको राष्ट्रिय जागृती क्लब र इटहरी फुटबल क्लब बिच हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved