प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : पटनालि फुटबल क्लब बन्यो च्याम्पियन, स्थानीय सन्चारकर्मी हिमाल राई लगायत अन्य सम्मानित

  • पुस ३, २०७८
  • ६७८ पटक पढिएको
  • Sangeet Sigdel
alt

बराहक्षेत्र : हाटखोला फुटबल क्लबको आयोजनामा युवाहरुको चाहना, दुर्ब्यसन मुक्त समाजको स्थापना भन्ने नारा सहित प्रथम बराह च्यालेन्ज कप क्लब स्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिवार भएको फाइनल खेलमा पटनालि फुटबल क्लबले सप्तकोशी फुटबल क्लबलाई १-० गाल अन्तरले हराउँदै नगद रु. ५१ हजार, ट्रफी तथा मेडल आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

पटनालि फुटबल क्लबका खेलाडी जर्सी ११ का सलमान लिम्बु द्वारा खेल सुरु भएको ४ मिनेटमा नै गरेको गोल टिमलाई उपाधि चुमाउन पर्याप्त रह्यो ।

मध्यान्तर पछि सप्तकोशी फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने अवसर प्राप्त गरेता पनि खेलमा फर्किने अवसरलाई सहि सदुपयोग गर्न नसक्दा ३१ हजार रुपैयाँको दोस्रो पुरस्कारमा चित बुझाउन बाध्य भए।

IMG_4079

आजको खेलको म्यान अफ द म्याच सलमान लिम्बू घोषित भएका थिए । उनलाई नेपाली कांग्रेसका क्षेत्रीय सह सचिव सुमित राईले नगद रु. २ हजार तथा ट्रफी प्रदान गरेका थिए।

खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सप्तकोशी फुटबल क्लबका खेलाडी राम साहीले नगद रु ३ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै उत्कृष्ट विधाहरूमा सर्वाधिक गोलकर्ता पटनालि फुटबल क्लबका ‌खेलाडि साहिल राई, उत्कृष्ट गोलरक्षक पटनालि फुटबल क्लबका सुमन निरौला, उदयमान खेलाडी हाटखोला फुटबल क्लबका खेलाडी हिमाल कुवर, उत्कृष्ट डिफेन्डर पटनालि फुटबल क्लबका खेलाडी सुजन बस्नेत घोषित भए र उनीहरुलाई जनही नगद रु. ३ हजार, प्रमाण पत्र, मेडल प्रधान गरिएको थियो ।

IMG_3894

आयोजक हाटखोला क्लबले स्थानीय सन्चारकर्मी हिमाल राईले पत्रकारिताको माध्यमबाट बराहक्षेत्रमा खेलकुद लगायत विभिन्न सामाजिक कार्यमा अतुलनीय योगदान गरे वापत उच्च मुल्यांकन गर्दै सम्मान गरेको छ ।

प्रथम तथा दोस्रो पुरस्कार सौजन्य गरे वापत चतरा सहकारी संस्थाकी अध्यक्ष सिता पौडेल, आदर्श सामुदायिक वन उपभोक्ता समितीकी अध्यक्ष टेक माया थापालाई समेत सम्मान गरिएको थियो ।

हाटखोला फुटबल क्लबलाई ५.५ कठ्ठा जग्गा उपलब्ध गराए वापत जग्गा धनी राम बहादुर रायलाई तथा खेल अवधिभर स्वास्थ्य सेवा सुविधा दिए वापत प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई पनि सम्मान गरेको कुरा आयोजक क्लबका अध्यक्ष विकास सुनुवारले जानकारी दिए ।

रेडियो सुनसरी चक्रघट्टीका चर्चित प्रस्तोता सुमन विकलले कार्यक्रम सञ्चालन गरेका थिए। आयोजक क्लबका अध्यक्ष विकास सुनुवार, विशिष्ट अतिथि एन्फा मानार्थ उपाध्यक्ष किसोर राई, वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई, सिता पौडेल, टेक माया पाण्डे, डम्बर प्रसाद सिग्देल, नारायण नेपाल, दिपेश बस्नेत, अमर कटुवाल, जितेन राई, सशस्त्र प्रहरी वेश क्याम्प चतरा वेस क्याम्प इन्सपेक्टर रामेश्वर ढकाल, इलाका प्रहरी कार्यालय चतराका सइ चित नारायण माझी लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved