प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : एभरेष्ट फुटबल क्लबलाई हराउँदै पटनालि फुटबल क्लब फाइनलमा

  • पुस १, २०७८
  • ८२८ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : प्रथम बराह नकआउट फुटबल प्रतियोगितामा पटनालि फुटबल क्लब बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार भएको दास्रो सेमिफाइनल खेलमा पटनालि फुटबल क्लबले एभरेष्ट फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पटनालि फुटबल क्लबका खेलाडी जर्सी नं. २० का युनिक कार्कीले खेल सुरु भएको ३ मिनेटमा नै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । पटनालि फुटबल क्लबका लागि दोस्रो गोल जर्सी ८ का साहिल राईले खेलको १२ औ मिनेटमा गरेका थिए ।

एभरेष्ट फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने अवसर प्राप्त गरेता पनि खेलमा फर्किने अवसरलाई सदुपयोग गर्न सकेनन् ।

IMG_3531 copy

आजको खेलको म्यान अफ द म्याच पटनालि फुटबल क्लबका दिपक गिरी घोषित भए । उनलाई आयोजक हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवारले नगद रु. २ हजार तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार तथा दोस्रो हुने टिमले ३१ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् भने खेल अवधि भर उत्कृष्ट खेल प्रदर्शन गर्ने १ जना खेलाडीले नगद रु ५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट विधाहरुमा सर्वाधिक गोल गर्ने, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, राइजिङ प्लेयर, उत्कृष्ट कोच लगायतले जनही नगद रु. ३ हजार प्राप्त गर्ने कुरा आयोजक क्लबका सचिब रोहित साहले जानकारी दिएका हुन् ।

यही पौष ३ गते शनिवारका दिन ठिक २ बजेबाट बराहक्षेत्र नगर पालिका भित्र रहेर पत्रकारिता गरीरहेका पत्रकार तथा आयोजक भेट्रानसँग फुटबल प्रतियोगिता हुने कुरा आयोजक क्लबका सचिव रोहित शाहले जानकारी दिए ।

फाइनल खेल पनि पौष ३ गते शनिबार ३ बजेबाट बाइस बिगे खेल मैदानमा सप्तकोशी फुटबल क्लब, देवीघाट तथा पटनालि फुटबल क्लब , धरान बिच हुने समेत शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved