प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : कल्चरल ग्रीन फुटबल क्लबलाई हराउँदै पट्नाली फुटबल क्लब सेमिफाइनलमा

  • मंसिर २८, २०७८
  • १०९० पटक पढिएको
  • Sangeet Sigdel
alt

बराहक्षेत्र : बराहक्षेत्र वडा नं २ मा जारी "प्रथम बराह नकआउट फुटबल प्रतियोगिता" अन्तर्गत आज मंगलबार भएको खेलमा पट्नाली फुटबल क्लबले कल्चरल ग्रीन फुटबल क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

कल्चरल ग्रीन फुटबल क्लबलाई टाइब्रेकरमा १ का विरुद्ध ४ गोलले पराजित गर्दै पट्नाली फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको ८ मिनेटमा नै कल्चरल ग्रीन फुटबल क्लबका जर्सी नं. ६ का खेलाडि उमेश कार्कीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले डि बक्स बाहिर बाट गरेको प्रहारले सिधै जालि चुमेको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको पट्नाली फुटबल क्लब दोस्रो हाफमा भने निकै आक्रामक रुपमा प्रस्तुत भएको थियो जसको फल स्वरुप २३ औं मिनेटमा जर्सी नं. ८ का खेलाडि साहिल राईको गोल मार्फत टिमले बराबरी गर्न सफल भयो ।

त्यस पछि दुबै टिमले गोल गर्न नसक्दा ६० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो र खेलको निर्णय टाइब्रेकर बाट गर्नु परेको थियो । टाइब्रेकरमा पटनालि फुटबल क्लबले ४-१ को जित निकाल्न सफल भएको हो ।

man of the match patnali fc

खेलको म्यान अफ द म्याच पट्नाली फुटबल क्लबका गोलरक्षक सुमन निरौला घोषित भए । उनलाई कल्चरल ग्रीन फुटबल क्लबका उपाध्यक्ष दिनेश राईले नगद रु. २ हजार तथा ट्रफी प्रदान गरेका थिए ।

भोलिको खेल हाटखोला फुटबल क्लब-हाटखोला तथा सप्तकोशी फुटबल क्लब-देबिघाट बिच हुने कुरा आयोजक हाटखोला फुटबल क्लबका सचिव रोहित शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved