यी हुन् जानाजान ३० महिलालाई एचआइभी सारिदिने युवा, पाए २४ वर्षको जेल सजाय

  • मंसिर १५, २०७६
  • १६८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । इटलीको रोमस्थित एउटा अदालतले ३० जना महिलामा जानाजान एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ ।सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका भ्यालेन्टिनो टालुटोले कम्तीमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको बताइएको छ ।
तीमध्ये एक जना १४ वर्षकी मात्र थिइन् जतिबेला टालुटोसँग उनको शारीरिक सम्बन्ध भएको थियो ।

सामाजिक सञ्जाल र ‘डेडिङ’ वेबसाइटमा ‘हार्टली स्टाइल’ भन्ने नाम राखेर उनले मानिसहरुसँग सम्पर्क बनाउने गरेको बताइएको छ । टालुटोका वकिलले उनको क्रियाकलाप ’मूर्खतापूर्ण भए पनि जानाजान नभएको’ दाबी गरेका छन् ।

समाचार संस्था एएफपीका अनुसार कण्डम लगाएर शारीरिक सम्बन्ध राख्न आग्रह गरेका महिलाहरुलाई टालुटोले त्यसबाट आफूलाई एलर्जी हुने र हालसालै एचआइभीको परीक्षण गराएको बताउने गरेका थिए । केही महिलाहरु एचआइभीबाट संक्रमित भएपछि उनको विरोध गर्न पुग्दा टालुटोले आफूमा एड्स निम्त्याउने प्राणघातक एचआइभीको जीवाणु नभएको बताएका थिए ।

टालुटोको क्रियाकलापले गर्दा उनले प्रत्यक्ष रुपमा एचआइभी सारेका एक महिलाबाट अर्का चार जना (तीन जना पुरुष र एक बच्चा) संक्रमित हुन पुगे । गत महिना अभियोजनाकर्ता एलिना नेरीले भनेकी थिइन्, उनका क्रियाकलापको उद्देश्य मृत्यु फैलाउनु रहेको थियो ।तर टालुटोले उक्त आरोप अस्वीकार गर्दै भनेका छन्, एचआइभीबाट संक्रमित भएको थाहा भएको भए वास्तविक सम्बन्धहरु बनाउनका निम्ति मैले प्रयास गर्ने थिइनँ ।

टालुटोकी आमा एचआइभी संक्रमित लागुऔषध दुर्व्यसनी थिइन् र टालुटो चार वर्षको हुँदा उनकी आमाको मृत्यु भएको खबर बीबीसीले उल्लेख गरेको छ । निर्णय सुनाउनुअघि न्यायाधीशहरुले फैसलाबारे १० घण्टाभन्दा बढी समय छलफल गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतको फैसला सुनाइँदा पीडितहरु रोएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved