प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : आयोजक हाटखोला फुटबल क्लब बिजयी

  • मंसिर २७, २०७८
  • ५६४ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार भएको खेलमा आयोजक हाटखोला फुटबल क्लबले पन्चायन फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

पन्चायन फूटबल क्लबलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै आयोजक हाटखोला फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मध्यान्तर अगाडि दुवै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि गोल गर्न चुकेका थिए। आयोजक हाटखोला फुटबल क्लबका खेलाडी जर्सी नं ९ का विपिन मगरले दोस्रो हाफको २० औं मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक सावित भयो ।

IMG_2395 copy

आजको खेलको म्यान अफ द म्याच आयोजक हाटखोला फुटबल क्लबका खेलाडी अमन घिसिङ्ग भएका थिए उनलाई हिमालयन बोर्डिङ्ग स्कुलका प्रध्यानाध्यापक आलोक श्रेष्ठले नगर रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए ।

बराहक्षेत्र वडा नं २ हाटखोला निवासी हाल हङकङ बसोबास गर्ने मज्जाको राई (नाम्गेल) ले प्रत्येक खेलमा पहिलो गोल गर्ने खेलाडीलाई नगद रु १ हजार रुपैयाँ तथा ट्रफी उपलब्ध गराएका छन् ।

प्रथम पुरस्कार राशि नगद रुपैयाँ ५१ हजार रुपैयाँ चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार नगद रुपैयाँ ३१ हजार रुपैयाँ आदर्श सामुदायिक वन उपभोक्ता समिती बराहक्षेत्र वडा नं २ ले प्रायोजन गरेको कुरा हाटखोला फुटबल क्लब अध्यक्ष विकास सुनुवार जानकारी दिए ।

खेल अवधिभर प्राथमिक स्वास्थ्य केन्द्र चतराका स्वास्थ्यकर्मीहरुले घाइते खेलाडीहरुलाई खेल मैदानमा प्राथमिक उपचारको सेवा सुविधा दिई रहेका छन् ।

भोलिको खेल पटनालि फुटबल क्लब धरान तथा ग्रिन कल्चरल फुटबल क्लब ‌चक्रघटी विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved