प्रथम बराह नकआउट फुटबल कप : पटनाली फुटबल क्लब बिजयी

  • मंसिर २६, २०७८
  • ६९२ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार भएको खेलमा पट‌नालि फुटबल क्लब बिजयी भएको छ ।

बराह युथ क्लबलाई १ का विरुद्ध ४ गोलले हराउँदै पटनाली फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।

पटनाली फुटबल क्लबका खेलाडी जर्सी नं ७ का सुदेश राईले पहिलो हाफको ५ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । पटनालि फुटबल क्लबका जर्सी नं २३ का सुजन बस्नेतले खेलको २१ औं मिनेटमा आत्मधाति गोल गरेर बराह युथ क्लबलाई १ गोल उपहार दिएका थिए ।

बराह युथ क्लबका खेलाडी रोनि बिष्ट जर्सी नं ९ ले मध्यान्तरको २० मिनेटमा विपक्ष गोल पोष्टमा १ गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

पटनालि फुटबल क्लबका खेलाडी नगेन्द्र कार्की जर्सी नं १४ ले खेलको २३ औं मिनेटमा पुनः १ गोल गरेर टिमलाई बराबरीमा पुराएका थिए ।

६० औं मिनेटको खेल २-२ गोलको बराबरीमा टुङ्गिए पछि आजका रेफ्री बिशाल सुनुवारले ट्राइबेकर बाट निर्णय गर्नु परेको थियो । ट्राइबेकरमा पटनालि फुटबल क्लब ४-१ ले जित निकाल्न सफल भएको हो ।

264484552_598787591177713_8302564447899207725_n

खेलको म्यान अफ द म्याच पटनालि फुटबल क्लबका गोलरक्षक सुमन निरौला भएका थिए । उनलाई माउन्ट एभरेस्ट फुटबल क्लबका अध्यक्ष तथा महिला फुटबल टिमका प्रशिक्षक सूर्य तुम्बाहाम्फेले नगद रु २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए ।

वराहक्षेत्र वडा नं २ हाटखोला निवासी हाल हङकङ बसोबास गर्ने मज्जाको राई (नाम्गेल) ले प्रत्येक खेलमा पहिलो गोल गर्ने खेलाडीलाई नगद रु १ हजार रुपैयाँ तथा ट्रफी उपलब्ध गराएका छन् ।

भोलिको खेल पन्चायन फुटबल क्लब, बक्लौरी तथा आयोजक हाटखोला फुटबल क्लब ‌रातो विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved