प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : पन्चायन फुटबल क्लब बिजयी

  • मंसिर २५, २०७८
  • ७०५ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : बराहक्षेत्र वडा नं २ मा जारी "प्रथम बराह नकआउट फुटबल प्रतियोगिता" अन्तर्गत आज शनिवार भएको खेलमा पन्चायन फुटबल क्लब बिजयी भएको छ ।

राजावास फूटबल क्लबलाई १ का विरुद्ध ० गोलले हराउँदै पन्चायन फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको हो । पन्चायन फुटबल क्लबका खेलाडी जर्सी नं ९ का सुसन मगरले पहिलो हाफको १० मिनेटमा गरेको गोल नै टिमको लागि निर्णायक सावित भयो ।

राजावास फुटबल क्लबका खेलाडीहरुले विपक्षीको गोल पोष्टमा बारम्बार प्रहार गरेपनि गोल गर्न नसक्नु नै हारको कारण रहेको थियो।

265101898_950399545873034_7081571849323521812_n

खेल को म्यान अफ द म्याच पन्चायन फुटबल क्लबका गोलकर्ता सुसन मगर भएका थिए । उनलाई राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले नगद रु. २ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम टिमलाई नगद रु ५१ हजार दोस्रो ३१ हजार रुपैयाँ तथा ट्रफी पाउने कुरा आयोजक क्लबका सचिव रोहित साहले बताए । बराहक्षेत्र वडा नं २ हाटखोला निवासी हाल हङकङ बसोबास गर्ने मज्जाको राई (नाम्गेल) ले प्रत्येक खेलमा पहिलो गोल गर्ने खेलाडीलाई नगद रु. १ हजार रुपैयाँ तथा ट्रफी प्रायोजन गरेका छन् ।

भोलिको खेल पटनाली फुटबल क्लब, धरान तथा बराह युथ क्लब, तित्रिगाछी बिच हुने छ । देश विदेशमा रहेका खेल प्रेमी दर्शकहरुको चाहानालाई मध्य नजर गर्दै बाइस बिगे खेल मैदानमा सन्चालन भइरहेको फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डट कम तथा एरीना टेलिभिजनले गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved