एभरेष्ट फुटबल क्लबद्वारा हाटखोला फुटबल क्लब निलो ३-१ ले पराजित

  • मंसिर २४, २०७८
  • ७७६ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : मंसिर २३ गतेबाट बराहक्षेत्र नगरपालिका वडा नं २ स्थित हाटखोला फुटबल क्लबको आयोजनामा युवाहरुको चाहना दुर्ब्यसन मुक्त समाजको स्थापना भन्ने नारा सहित सन्चालन भएको "प्रथम बराह च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता" मा आज भएको दोस्रो खेलमा एभरेष्ट फुटबल क्लबले हाटखोला फुटबल क्लब निलोलाई ३-१ ले हराउँदै जित हासिल गरेको छ। 

एभरेष्ट फुटबल क्लबका क्याप्टेन रोसन भुजेलको आत्मघाती गोल मार्फत आयोजक हाटखोला फुटबल क्लब निलोले अग्रता लिएको थियो। 

मध्यानतरको ६ मिनेट पछि एभरेष्ट फुटबल क्लवका साजन राईले १ गोल गरेर टिमलाई १-१ को बराबरीमा पुराएका थिए।

मध्यानतर पछि एभरेष्ट फुटबल क्लबका खेलाडी साजन राईले नै १२ मिनेटमा ‌पुन १ गोल गरी टिमलाई २-१ को अग्रता दिलाएका थिए।

निर्धारित ६० मिनेटको खेलमा एभरेष्ट फुटबल क्लबका संजय श्रेष्ठले दोस्रो हाफको २५ मिनेटमा तेस्रो गोल गरेर जित निस्चित गरेका थिए।

20211210172708_IMG_1945

आजको म्यान अफ द म्याच एभरेष्ट फुटबल क्लबका खेलाडी संजय श्रेष्ठ भएका थिए उनलाई २ हजार नगद तथा ट्रफि अरुण राईले प्रदान गरेका थिए।

हाट खोला फुटबल क्लबका अध्यक्ष विकास सु‌नुवार अनुसार यहिँ मसिर २३ गते देखि पुष ३ गतेसम्म हुने क्लब स्तरिय नक आउट फुटबल प्रतियोगितामा १० वटा टिमहरुले सहभागीता जनाएको जानकारी दिए।

भोलिको खेल राजावास फुटबल क्लब तथा पन्चयान फुटबल क्लब विच हुने कुरा राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी दिए।

देश विदेशमा रहेका खेल प्रेमी दर्सकहरुको चाहानालाई मध्य नजर गर्दै बाइसे बिगे खेल मैदानमा भइरहेको फुटबल प्रतियोगिता प्रत्यक्ष प्रशारण गोल नेपाल डट कम तथा एरीना टेलिभिजनले गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved