सप्तकोशी फुटबल क्लबको विजयी सुरुवात, चतरा फुटबल क्लब २-१ ले पराजित

  • मंसिर २३, २०७८
  • ८२९ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : हाटखोला फुटबल क्लब बराहक्षेत्र वडा नं. २ का युवाहरुले स्थानिय युवा पिडीका किशोर-किशोरीहरु लागू पदार्थ दुर्व्यसनीको लतमा दिन प्रति दिन फसि रहेकोले उक्त गतिविघिलाई न्युनिकरण गर्ने उदेश्यले "युवाहरुको चाहना, दुर्ब्यसन मुक्त समाजको स्थापना" भन्ने नारा सहित प्रथम बराह च्यालेन्ज कप क्लब स्तरिय नक आउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

आज भएको उद्घाटन खेलमा सप्तकोशी फुटबल क्लब देवीघाटले चतरा फुटबल क्लबलाई २-१ गोलले हराउँदै खेलमा विजयी सुरुवात गरेको छ।

६० मिनेटको खेल अवधिमा मध्यान्तर अगाडि सप्तकोशी फुटबल क्लब देवीघाटका जर्सी नं. १० का भिम बि.क. ले खेल सुरु भएको २७ औं मिनेट पहिलो गोल गरेका थिए। दोस्रो गोल जर्सी नं. ४ का राम साही ले ३० औं मिनेटमा गरेका थिए।

खेलको दोस्रो हाफको २७ औं मिनेटमा चतरा फुटबल क्लबका जर्सी नं. ८ का दिवस लिम्बूले १ गोल गरेका थिए तर त्यो गोल हार रोक्नका लागि पर्याप्त भएन ।

IMG_1620

आजको खेलका म्यान अफ द म्याच सप्तकोशी फुटबल क्लबका खेलाडी राम साही घोषित भए । उनलाई वडा नं. २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईले नगद रु. २ हजार तथा ट्रफि प्रदान गर्नु भएको थियो।

हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सु‌नुवारका अनुसार यहिँ मसिर २३ गते देखि पुष ३ गतेसम्म हुने क्लब स्तरिय फुटबल प्रतियोगितामा १० वटा टिमहरुले सहभागीता जनाएका छन्। पुष ३ गते हुने फाइनल प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार रु. ५१ हजार रुपैयाँ, ट्रफी तथा दोस्रो हुने टिमले रू. ३१ हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्ने छन्।

उत्कृष्ट खेलाडीले नगद रु ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उत्कृष्ट ५ विधामा नगद रु ३ हजार रुपैयाँका दरले खेलाडीहरुले प्राप्त गर्ने कुरा राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठले जानकारी गराए।

रेडियो सुनसरी चक्रघट्टीका चर्चित प्रस्तोता सुमन विकलले सञ्चालन गरेको कार्यक्रममा हाटखोला फुटबल क्लबका सचिव सभा अध्यक्ष रोहित साह, प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका अध्यक्ष निलम खनाल, विशिष्ट अतिथि हरीकृष्ण भट्टराई, सिता पौडेल, टेक माया, नारायण नेपाल, अमर कटुवाल, लाल कुमार राई, जितेन राई, ध्यान बहादुर सुनुवार लगायतको उपस्थित रहेको थियो।

भोलिको खेल हाट खोला फुटबल क्लब निलो तथा एभरेष्ट फुटबल क्लब नडाहा बिच हुने कुरा आयोजक समितिका सचिव रोहित साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved