प्रथम बराह च्यालेन्ज कप क्लब स्तरिय फुटबल प्रतियोगिता सन्चालन हुने, १० वटा क्लबहरुले सहभागीता जनाउने

  • मंसिर १९, २०७८
  • १२४२ पटक पढिएको
  • हिमाल राई
alt

बराहक्षेत्र : हाटखोला फुटबल क्लब बराहक्षेत्र वडा नं २ ले "युवाहरुको चाहना, दुर्व्यसन मुक्त समाजको स्थापना" भन्ने मुल नाराका साथ प्रथम बराह च्यालेन्ज कप क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आज पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष विकास सुनुवारका अनुसार यहि मंसिर २३ गते देखि पुष ३ गते सम्म बाइस विगेको खेल मैदानबाट क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने कुरा बताउँदै १० वटा क्लबहरुले सहभागी जनाउने जानकारी दिए।

हाटखोला फुटबल क्लबका सचिव रोहित साहका अनुसार चतरा फुटबल क्लब-चतरा, राजावास फुटबल क्लब-बराहक्षेत्र वडा नं ९, पन्च कन्या फुटबल क्लब-बक्लौरी, सप्तकोशी युवा क्लब-देवीघाट, एभरेष्ट फुटबल क्लब-नडहा, पटनालि फुटबल क्लब-धरान, वराह युथ क्लब-तितरीगाछी, ग्रिन कल्चर फुटबल क्लब-चक्रधटी, आयोजक हाटखोला फुटबल क्लब (रातो) तथा आयोजक हाटखोला फुटबल क्लब (निलो) समेत सहभागी हुने कुरा बताएका छन्।

प्रथम हुने टिमले पुरस्कार स्वरुप रु. ५१ हजार, दोस्रो हुने टिमले रु. ३१ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उत्कृष्ट ५ विधामा खेलाडीहरुले नगद रु ३ हजार रुपैयाँका दरले प्राप्त गर्ने छन्।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रु. २ हजार रुपैयाँ प्रदान गरीने कुरा राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठले जानकारी दिए। खेल अवधिको अनुमानित खर्च ‌रु. ८ लाख रहेको कुरा अध्यक्ष विकास सुनुवार जानकारी दिए। कार्यक्रम सञ्चालन सूर्य तुम्बाहाम्फेले गरेका थिए।

tie sheet

चतरा सहकारी तथा आदर्श सामुदायिक बन, वराहक्षेत्र वडा नं २ को प्रायोजन रहेको यस प्रतियोगिताको उद्धाटन खेल चतरा फुटबल क्लब (चतरा) तथा सप्तकोसी फुटबल क्लब (देविघाट) बिच हुने छ।

पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रममा हाट खोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवार, राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठ, सुर्य तुम्बाहाम्फे, सन्तोष राई, रोसन गिरी लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved