मेस्सीको पहिलो लिग वान गोल, नान्टेस ३-१ ले पराजित

  • मंसिर ५, २०७८
  • ७११ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी: १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टेसलाई ३-१ ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन किलियन एम्बाप्पे र लियोनल मेस्सीले १-१ गोल गरे भने १ गोल आत्मघाती रह्यो ।

किलियन एमबाप्पेले खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा गोलकिपर केलोर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि दबाबमा परेको पीएसजीको फाइदा उठाउँदै खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ८१ औँ मिनेटमा डेनिस अपियाले आत्मघाती गोल गरेपछि पीएसजीले पुनः अग्रता लियो भने खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले २० यार्ड टाढाबाट सुन्दर गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।

जितसँगै शीर्ष स्थानको पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ भने दोस्रो स्थानको रेनेसको समान खेलमा २५अंक छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved