कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा सम्पन्न

  • कार्तिक १३, २०७८
  • ३५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १० औं साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा इटहरी उप महानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा १० औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता इश्वर कार्की, उत्कृष्ट ऋणी हरिप्रसाद गौतम र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए । ३ सय १ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४२ लाख ९७ हजार २५ रुपैया ऋण लगानी गरेको उपाध्यक्ष दाहालद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने, बाल बचतलाई प्रोत्साहन गर्न खुत्रुके बचत कार्यक्रम सञ्चालन गर्ने, ऋण असुलीलाई संस्थाको नियम अनुसार मासिक ब्याज र किस्ता असुलीमा कडाई गरिने लगायतका विषयहरु समेत प्रतिवेदन उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved