पेटभरि फैलिएको थियो प्रधानमन्त्रीलाई संक्रमण, काममा कहिले फर्किने ठेगान छैन

  • मंसिर १४, २०७६
  • १४० पटक पढिएको
  • न्यू पाटी
alt

मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आइसियुमा राखिएको छ।सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसियूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।प्रधामन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आकलन गरेका छन । 

उनलाई थप कतिदिन आइसियूमा राख्ने भन्ने चिकित्सकले खुलाएका छैनन्।उपचारमा संलग्न डा.सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधामन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए।

ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेका डा.रमेशसिंह भण्डारीका अनुसार प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले मंगलबार संक्रमण सुरु भएको २–४ घण्टामै पेटभरि फैलिएको थियो।

‘उहाँको शरीरमा सामान्य व्यक्तिको दाँजोमा अत्यन्त छिटो संक्रमण फैलियो,’ उनले भने।‘पेटभरि एपेन्डिक्सको संक्रमण फैलिएकाले ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) गरेर एपेन्डिसाइटिस हटाइएको थियो।

‘मंगलबार यहाँ आउँदा प्रधानमन्त्री धेरै बिरामी हुनुहुन्थ्यो,’ डा.भण्डारीले भने, ‘शल्यक्रियापछि संक्रमणको असर अलिअलि पेटमा भयो, रगतमासमेत भयो । तर हामीले आशंका गरेकोसम्म भएन । सोचेभन्दा राम्रो सुधार देखिएको छ।  आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved