टी–ट्वान्टी विश्वकप क्रिकेट: अष्ट्रेलियाको लगातार दोस्रो जित

  • कार्तिक १२, २०७८
  • ४०१ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको अष्ट्रेलियाले गएराति भएको दोस्रो खेलमा श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जवाफमा १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि डेभिड वार्नरले ६५ रन बनाए ।

जितसँगै अष्ट्रेलियाले समूहको शिर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग अंक बराबरी गरेको छ । दुबै टोलीले दुई खेलबाट ४–४ अंक जोडेका छन् । अष्ट्रेलियाले अब तेस्रो खेलमा शनिवार इंग्ल्याण्डको सामना गर्नेछ । यो खेलमा एक टोलीको शत प्रतिशत जितको यात्रा टुंगिने निश्चित छ ।

विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । दिउँसो पौने ४ बजे सारजाहमा बंगलादेशले वेष्ट इंडीजसँग खेल्दा बेलुकी पौने ८ बजे दुबईमा अफ्गानिस्तान र पाकिस्तान भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved