मध्यपहाडी राजमार्गः १४ वर्षमा ५८ प्रतिशत मात्रै काम : २ वर्षमा सकिएला त सबै काम ?

  • कार्तिक ८, २०७८
  • ३७३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । मध्यपहाडी राजमार्ग १४ वर्षमा ५८ प्रतिशत मात्रै सकिएको छ। २०६४ सालमा सुरु गरिएको राजमार्गको ४२ प्रतिशत काम अझै बाँकी रहेको हो। 

राजमार्गको सबै काम २०७९/०८० सम्म सक्नैपर्ने समयसीमा छ। अहिलेसम्मको काम गराइ हेर्दा २ वर्षभित्र राजमार्गको काम नसकिने देखिएको छ। 

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएको समयमा मध्यपहाडी राजमार्ग नसकिने स्पष्ट भएको बताइन्।

‘पुरानो रेखांकन परिवर्तन गरिएको छ। त्यसअनुसार पनि काम हुनसकेको छैन’, खड्काले भनिन्, ‘१४ वर्ष भयो अझै कति वर्ष लाग्ने हो?’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले तोकिएको अवधिमा नसकिने बताए।उनले २०८० सम्म मध्यपहाडी राजमार्गको काम नसकिने बताउँदै समय थप गर्नुपर्ने समितिलाई जानकारी गराए। 

कास्कीलगायतका जिल्लामा कुन ठाउँबाट सडक निर्माण गर्ने नै टुंगो नलागेको उनको भनाइ छ। ‘अहिलेकै रेखाङ्कनअनुसार पोखरामा ७–८ सय घर भत्काउनुपर्छ’, श्रेष्ठले भने, ‘घर भत्काउँदा क्षतिपूर्ति र मुआब्जा दिन सकिँदैन।’

श्रेष्ठले बजेट विनियोजन पर्याप्त नहुँदा समयमै निर्माण काम सम्पन्न हुन नसकेको बताए।‘एउटा पुल बनाउन २५–३० करोड लाग्छ। वर्षमा २५ लाख बजेट विनियोजन गरिएको हुन्छ’, श्रेष्ठले भने, ‘त्यसपछि समयमै निर्माण गर्न सकिँदैन।’

श्रेष्ठले जनशक्ति पनि कम भएको दाबी गरे। उनले एउटा इन्जिनियरले १५ वटा पुल रहेका  हेर्नुपर्ने अवस्था रहेको बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कुन सडकलाई कति प्राथमिकता दिने भन्ने स्पष्ट नीति नहुँदा निर्माणमा ढिलाइ हुने बताइन्।

सडक निर्माण गर्दा स्थानीय तहभित्रको स्थानीय तहले, प्रदेशभित्रका प्रदेश र ठूला सडक केन्द्रले बनाउनुपर्नेमा मन्त्री यादवको जोड थियो। 

‘सडक समयमा बन्दैन, नबने पनि गुणस्तरका हुँदैनन्’, मन्त्री यादवले भनिन्, ‘टेन्डर लिने प्रथा नै गलत छ। सबैभन्दा कम कबोल गर्नेले लिँदा गुणस्तर हुँदैन। एउटाले लिएको ठेक्का ४–५ जनालाई जिम्मा दिन्छन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved