विराटनगरमा श्रृंखलाबद्ध लुटपाट र चोरी, प्रहरीको सुरक्षामाथि प्रश्न

  • कार्तिक ८, २०७८
  • ६१९ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा दैनिकजसो चोरी र लुटपाटको घटना बाहिर आउने थालेको छ । एकपछि अर्को गर्दै विराटनगरमा चोरी र लुटपाटनको घटना हुन थालेको छ । यसरी दैनिकजसो चोरीको घटना बाहिर आउँदा सर्वसाधरण, व्यापारी, उद्योगीहरूले असुरक्षाको महसुस गर्न थालेका छन् ।

विराटनगरको व्यस्त बजार विराटनगर ९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा लुटपाट भएको २४ घण्टा बित्न नपाउँदै शनिबार राती विराटनगरमा उस्तै प्रवृतिको मोवाइल पसलमा चोरी भएको छ ।

विराटनगर–७ शनिमन्दिर चौकअगाडि चावी तोडेर राम कुमार राईले संचालन गरेको कोमल मोवाइल टे«डसमा चोरी भएको हो । पसलमा राखिएको ५० भन्दा बढी ब्रान्डेट मोवाइलहरू चोरी भएको संचालक राईले बताए । ‘पसलमा राखिएको १५ हजार भन्दा माथिका ५० हजारसम्म पर्ने मोवाइल चोरी भएको छ,’ संचालक राईले भने, ‘शनिबार पसल बन्द गरेर घर गएको थिए । बिहान एक्कासी मोवाइल पसल चोरी भयो भनेर खबर पाएलगतै पसल आउँदा ¥याकमा राखिएको मोवाइलहरू छैन ।’ संचालक राईको अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चोरेले लगेको बताए ।

मोवाइल पसलसँगै नजिक रहेको किराना पसल चोरी गरेपछि कोमल मोवाइल टे«डसमा रहेको मोवाइलहरू चोरी गरेको देखिएको छ । शिवु सरकारले संचालन गरेको किराना पसलदेखि १५ हजार रुपैयाँ र अन्य किरानाका सामानहरु पनि चोरी गरेको उनले बताए ।

यसअघि पनि विराटनगर–९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको थियो । सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका थियो । ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताएका छन् ।

हिमालय रोडमा अवस्थित उक्त पसलमा गतवर्ष असारमा पनि चोरी भएको थियो । पसलको देब्रेतिर रहेको सटर काटेर चोरहरुले झण्डै १७ लाख मुल्य बराबरको ५० वटाभन्दा बढी स्मार्टफोनहरु चोरी गरि लगेका थिए । प्रहरीले चोरीको मोबाईल खरिद गर्ने २ जनालाई पक्राउ गरि मात्र ३ वटा फोन बरामद गरेको थियो । तर, चोरीमा संलग्नहरु भने हालसम्म पनि पक्राउ परेका छैनन् ।

यसअघि पनि विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउबाटै हातहतियारसहित आएका ३ जनाको समुहले कोटेक्स ट्रेडिङको एक गार्मेन्ट पसल लुटपाट गरेका थिए । पेस्तोलसहित आएका उनीहरुले १२ हजार नगद र ४ वटा मोबाईल लुटेर लगेका थिए । लुटपाटमा संलग्न सोही समुहले मोरङको धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंक समेत लुटेका थिए । उक्त लुट प्रकरणमा संलग्न ९ जनामध्ये मुख्य योजनाकार सहित ४ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । तर, बाँकी ५ जना अझैपनि फरार छन् । लुटको रकम भने हालसम्म बरामद गर्न सकिएको छैन् ।

मोरङमा आर्थिक वर्ष ०७६÷०७७ मा ८७ वटा चोरीको घटना भएको प्रहरीको अभिलेखमा देखिएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा चोरीको घटना २३ वटा बढेको छ । आर्थिक वर्षमा १ सय १० वटा चोरीको घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश राजधानी जहाँ सयौं सुरक्षाकर्मी हुने स्थलनमानै दिनदहाडै र रातीको समयमा चोरी र लुटपाटका घटना बढेसँगै व्यवसायीहरुले प्रहरीको सुरक्षामाथि प्रश्न उठाउन थालेका छन् । राजधानी रहेको सहरमै मुख्य सडकका पसलहरुको ताल्चा तोडेर चोरी गर्दा पनि प्रहरीेले अपराध कर्ममा रहेकालाई पक्राउ गर्न नसक्दा दिनरात सडकमा सुरक्षार्थ रहेका प्रहरीमाथि नै प्रश्न उठेको छ ।

चारैतिर प्रहरीको पहरा भएपनि चोरी र लुटपाट हुनु सुरक्षा व्यवस्था फितलो भएको स्थानीयहरुको भनाई छ । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले पछिल्लो समय चोरी र लुटपाटको घटना बढदा सुरक्षा व्यवस्थाप्रति प्रश्न चिन्ह खडा भएको बताए ।

‘प्रदेश राजधानी रहेको सहरमा यसरी चोरी हुनु शान्ति सुरक्षाको अवस्था कमजोर भएको जस्तो देखिन्छ,’ अध्यक्ष थापाले भने, ‘चोरी र लुटपाटको घटना हुन नदिन सुरक्षा फौज, गस्ती बढाउनुपर्ने देखिएको छ ।’ पछिल्लो समयमा चोरी बढेपछि शान्ति, सुरक्षा कायम गराउन प्रहरीको सक्रियता बढाएर मोरङका प्रमुख जिल्ला अधिकारीदेखि प्रदेशका डिआइजीसम्मलाई जानकारी गराएको उनले बताए ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले चोरीका घटनाहरुलाई न्यूनिकरण गर्न बैंक, सुनचाँदी पसलहरुमा विशेष ध्यान दिई गस्ती टोली परिचालन गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved