प्रदेश १ : संसद बैठक आज, मुख्यमन्त्रीले विश्वासको मत माग्ने

  • कार्तिक ५, २०७८
  • ३७९ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनाका लागि आह्वान गरेको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठकमा मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस हुनेछ । 

सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठकमा छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी गरेका छन् । प्रतिपक्षी दलहरु भने आजै सरकारको विश्वास परीक्षण हुनुपर्ने अडानमा छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रक्रियामा जानेछ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री  हिक्मतकुमार कार्कीले आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेवल हुने बताए । सांसदहरु दसैँ मनाएर फर्किनसकेका कारण मतदानको मिति भने केहीदिन पर सर्ने उनले बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार  नै प्रक्रिया टुङ्ग्याउनु पर्ने बताए । गठबन्धनले आजै मतदान गरी नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने तयारी गरेको छ ।

बैठकको कार्यसूची तय गर्नका लागि साढे १० बजे सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकअघि नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।

असोज २४ गतेको बैठकपछि सभामुखले असोज २५ गतेका लागि बैठक बोलाएका थिए । तर सचिवालयमार्फत सूचना प्रकाशित गर्दै उनले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएपनि मुख्यमन्त्री आचार्य संसद छलेर राजनीतिक नियुक्ति गर्नतर्फ केन्द्रित भएका छन् । मुख्यमन्त्री आचार्यले पर्यटन बोर्ड, खेलकुद बोर्ड, सञ्चार प्रतिष्ठानमा धमाधम नियुक्ति दिएका हुन् ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved