सिटिजन बैंक लुटपाटमा संलग्न लुटेरा सार्वजनिक

  • आश्विन २९, २०७८
  • ४०३ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया चोकमा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

बैंक लुटपाटको घटनामा नौ जनाको संलग्नता रहेको भएपनि तीन जनामात्र पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले फरार भएका अन्य छ जनाको खोजी गरिरहेको जनाएको छ ।
असोज २५ गते सोमबार अपरान्ह पौने चार बजे सात जनाको लुटेरा समूह बैंकमा पसेर लुटपाट मच्चाएको प्रहरीले जनाएको छ । लुटेराहरुसँग प्रतिकार गरेका बैंकका सुरक्षा गार्ड रंगेली २ का ४० वर्षे सितल कुमाललाई उनीहरुले पछाडिबाट गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते कुमालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न विराटनगर महानगरपालिका ८ का ३२ वर्षे, श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ वर्षे सुनिल यादव, अररिया गोगराका ३० वर्षे बीजय सहनीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । लुटेरा समूहमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बैंक लुटपाट गरी को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा घाग्दै गरेको अवस्थामा प्रहरीले खयरबना चोक नजिकबाट हतियार सहित तीन जना लुटेराहरुलाई पक्राउ गरेको थियो । प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा बिजय सहनीलाई गोली लागेको थियो । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा चढेर भागेका थिए । प्रहरीले सहनीकै साथबाट कटुवा पेस्तोल बरामद गरेको गरेको जनाएको छ ।

लुटपाटका क्रममा प्रयोग भएको पल्सर मोटरसाइकल, कटुवा पेस्तोल र सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड नपड्केको गोली, तथा घाइते सुरक्षा गार्डको शरीरबाट निकालिएको गोली बरामद गरी प्रमाणको रुपमा राखेको जनाएको छ ।

बैंक लुटपाटका क्रममा लुटेराहरुले २७ लाख रुपैयाँ नगद लुटेर लगेको भएपनि प्रहरीले त्यस विषयमा मुख खोलेको छैन । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले रकमको विषयमा जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved