२० महिनापछि गृह जिल्ला आए गच्छदार, ओली सरकारले आफू माथि षडयन्त्र गरेको आरोप

  • आश्विन २५, २०७८
  • ५७९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आफ्नो ५० वर्षिय राजनितिलाई समाप्त पार्दै नेपाली काँग्रेसलाई समेत कम्जोर वनाउन पुर्ववर्ती सरकारको षडयन्त्रमा आफुलाई ललिता निवास प्रकरणमा मुद्धा चलाइएको नेपाली काँग्रेसका उप सभापति विजयकुमार गच्छदारले आरोप लगाएका छन् ।

नेपाली काँग्रेस इटहरी उपमहानगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गच्छदारले ओली सरकारले आफू माथि षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

सचिव स्तरबाट तयार पारिएको गुरुयोजनालाई सैद्धान्तिक सहमतिका लागि आफुले मन्त्री परिषदमा पेश मात्र गरेको र आफूले कुनै पनि निणर्य नगरेको गच्छदारले स्पष्ट पारे । उनले संसदको एक संसदीय समितिको प्रतिवेदनको आधारमा आफनो राजनिति समाप्त पार्ने तथा माधव नेपाललाई निस्तेज वनाउन अख्तियारको अधिकार क्षेत्र भित्र नपर्ने विषयलाई आधार वनाएर मुद्धा चलाइएको समेत गच्छदारले दावी गरे । पुर्व उप प्रधानमन्त्री समेत रहेका गच्छदारले विशेष अदालतले सामान्य धरौतीमा छोडेपछि २० महिनापछि आफनो गृह जिल्ला सुनसरी र कर्म भूमि मोरङ्गमा आफ्ना शुभेच्छुकहरुलाई भेट्न आएको समेत बताए । अख्तियारको मुद्धाका साथै पारिवारिक समस्याका कारण समेत २० महिना चुपचाप बस्नु परेको समेत गच्छदारले सो अवसरमा जानकारी गराए ।

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद सिताराम मेहता, संविधान सभा सदस्य कल्पना चौधरी, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिव ढुंगाना लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved