आयोजक सप्तकोशी युवा क्लबको विजयी सुरुवात, पन्चायन फुटबल क्लब टाइब्रेकरमा पराजित

  • आश्विन २१, २०७८
  • १०२९ पटक पढिएको
  • हिमाल राई
alt

बराहक्षेत्र : "स्वस्थ्य तन्दुरुस्त रहौ तथा मनोरञ्जन लिउ" भन्ने उद्देश्यले विजय दशमी २०७८ अवसरमा सप्तकोशी युवा क्लब, बराहक्षेत्र वडा नं ७ ले सप्तकोशी गोल कप नक आउट फुटबल प्रतियोगिता आजबाट सुरु गरेको छ।

आज भएको उद्घाटन खेलमा आयोजक टिमले पन्चायन फुटबल क्लबलाई टाइब्रेकरमा ११-१० ले हराउँदै विजयी सुरुवात गरेको छ।

५० मिनेटको खेल अवधिमा पनि दुबै पक्षबाट गोल हुन नसकेपछि रेफ्री सशि थापा मगरले टाइब्रेकरको आधारमा हार जितको निर्णय गराउनु भएको थियो।

आजको म्यान अफ द म्याच आयोजक टिमका गोलरक्षक दिपु मगर घोषित भए। उनलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीका इनिस्पेक्टर पाडव राजवंशीले नगद १ हजार तथा ट्रफि प्रदान गर्नु भएको थियो।

सप्तकोशी युवा क्लबका अध्यक्ष कपिल आचार्यका अनुसार यहिँ असोज २१ गते देखि २७ गतेसम्म हुने क्लब स्तरिय फुटबल प्रतियोगितामा ८ वटा टिमहरुले सहभागीता जनाएको जानकारी दिए।

२७ गते हुने फाइन प्रतियोगितामा प्रथम हुने टिमले पुरस्कार वापत ट्रफी सहित रु ५५ हजार ५५५‌ ट्रफी तथा दोस्रो हुने टिमले ट्रफी सहित रु ३५ हजार ५०० रुपैयाँ नगद प्राप्त गर्ने छन्।

सप्तकोशी युवा क्लबका अध्यक्ष कपिल आचार्य, प्रमुख अतिथि बराहक्षेत्र नगर पालिका अध्यक्ष निलम खनाल, विशिष्ट अतिथि उपाध्यक्ष कमला मगर, बराहक्षेत्र नगरपालिका प्रशासकीय अधिकृत प्रमुख राजेश पोखरेल, खेलकुद विकास समिति नगर संयोजक आशाराम चौधरी, इलाका प्रहरी कार्यालय चक्रघट्टीका इनिस्पेक्टर पाडव राजवंशी तथा बडा नं ७ अध्यक्ष विर बहादुर लिम्बु लगायतको उपस्थित रहेको थियो।

रेडियो सुनसरी चक्रघट्टीका चर्चित प्रस्तोता सुमन विकलले कार्यक्रम सञ्चालन गरेका थिए।

भोलिको खेल हाट खोला फुटबल क्लब तथा राजावास क्लब विच हुने कुरा आयोजक समितिका सचिव लेखु न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved